News Portal

  • शंकामा समाचार बन्ने बताउदै मन्त्री बाँस्कोटाले भक्तपुरआएर भने, पत्रकारले प्रमाण दिनुपर्दैन ?

    काठमाडौं, २३ पुस
    १३७३ पटक
    काठमाडौं, २३ पुस

    सरकारका प्रवक्ता समेत रहेका संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले शंकाको भरमा समाचार बनाउन नहुने बताएका छन् । शंकाको भरमा धेरैजसो समाचार सस्प्रेषण हुने आरोप लगाउदै मन्त्री बाँस्कोटाले प्रमाणको अधारमा मात्र समाचार बनाउनुपर्ने बताएका हुन् ।

    बुधबार नेपाल पत्रकार महासंघ, जिल्ला शाखा भक्तपुरको २३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने, ”पत्रकारले प्रमाण दिनु पर्दैन ?” आफू पूर्व पत्रकार पनि भएकोले पत्रकारिताको विकृतिबारे जानकार रहेको जिकिर गर्दै त्यसको अन्त्य गरी पत्रकारिताको गरिमा बढाउने गरि कानुन ल्याउन लागिपरेको उनको दावी छ ।

    मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयक विधिको शाशनको लागि भएको भन्दै मन्त्री बाँस्कोटाले देशको संविधान र अन्तर्राष्ट्रिय अभिव्यक्ति स्वतन्त्रताको यसले अक्षरश: पालना गर्ने प्रतिवद्धता प्रकट गरेका थिए ।

    “सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप गर्ने कल्पना समेत नगर्नुस्, त्यस्तो स्थिति आयो भने सबैभन्दा पहिले म नै पदबाट राजीनामा दिएर आन्दोलनमा आउछु ।” पत्रकारलाई आस्वस्त पार्दै उनले भने ।

    पत्रकार राज्यको सशक्त अंग भएको भन्दै उनले राज्यलाई बलियो बनाउन पत्रकारिता बलियो हुनुपर्ने आवश्यकता औल्याए । उक्त अवसरमा मन्त्री बाँस्कोटाले केहि संचारमाध्यमले सरकारको राम्रा कामहरु ढाकछोप गर्दै नचाहिँदो भ्रम फैलाइरहेको आरोप समेत लगाएअक थिए । ” सरकारको भजन गाउनुस भनेको होइन तर सरकारका राम्रा कामहरु पत्रकारले जनतामा लग्न कुनै पूर्वाग्रह राख्नु हुँदैन । ” उनले भने ।आफूले श्रमजीवी पत्रकारको हकहितको विषयमा काम गरिरहेको दावी गर्दै उनले त्यो कुरा धेरै मानिसलाई मन नपरिरहेको समेत खुलासा गरे ।

    एक फरक प्रसङ्गमा उनले देशमा साचो बोल्ने मानिस बाच्न गाह्रो भएको समेत बताएका छन् । आफूलाई साचो बोलेकै आधारमा धेरैले मन नपराउने गरेकोप्रति दुख व्यक्त गर्दै मन्त्री बाँस्कोटाले काम नगरिदिंदा मानिसहरुले आफ्नाबारे अफवाह फैलाइरहेको जिकिर गरे । ”मलाई घूस अफर गर्नेहरु धेरै छन् । काम नगरिदिएपछि उनीहरुनै घूस खाएको हल्ला फैलाउदै हिडेका छन् ।घूस अफर गर्ने सबैको नाम डायरीमा उतारेको छु । पछि प्रकाशन गर्छु ।” मन्त्री बाँस्कोटाले उद्घोष गरे ।

    उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले अहिले मिडिया विधेयकका विरोध गर्नेहरु पहिला कहाँ सुतेर बसेका थिए ? भन्ने प्रश्न गर्दै अहिले विरोध गर्नुपर्ने आवश्यकता नरहेको स्पष्ट पारे । नेपाल पत्रकार महासंघ र सरकारबीच सहमती पछि आपत्तिका बुँदाहरु सबै सच्चिसकेका दावी गर्दै आचार्यले अहिले विधेयकको विपक्षमा महासंघ नरहेको जानकारी गराए । उक्त अवसरमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापामगर, उपत्यका प्रदेश कमिटीका अध्यक्ष एन के दाहाल,महासचिव श्रीजन झा, सचिव अमर भुजु त्यसैगरी वरिष्ठ पत्रकार कविर राणा लगायतले श्रमजिवी पत्रकार र प्रेस जगतका समस्या र सम्भावनाको विषयमा बोलेका थिए ।

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन भने सुन्दर सिल्पकारले गरेका थिए । उक्त अवसरमा जिल्ला शाखाले केक काटेर आफ्नो २३ औं जन्मोत्सव मनाएको थियो भने स्थापना दिवसको अवसर पारेर दवाब साप्ताहिकका सम्पादक अमर भुजुलाई नगद २ हजार ५ सय राशी रहेको स्व.मैयादेवी शिल्पकार स्मृति पुरस्कार एवं सस्थापक ध्रुव मधिकर्मीलाई नगद रु १० हजार राशी रहेको स्वर्गीय भगवान महर्जन स्मृति पत्रकारिता पुरस्कार प्रदान गरेको शाखाका कार्यसमिति सदस्य हेमराज ढकालले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...