News Portal

  • गुणस्तरयुक्त कफीको माग बढाउंदै विदेशी

    २८ पुस
    १४८१ पटक
    २८ पुस

    दमौली । तनहुँमा उत्पादित कफी अमेरिका, जापान र कोरीया निर्यात भईरहेको छ । तनहुँ कफी उत्पादक कृषि सहकारी संघका अनुसार तनहुँमा उत्पादित कफी ती मुलुकमा निर्यात भईरहेको छ । तनहुँको कफी निकै गुणस्तरयुक्त भएको कारण विदेशमा बढि माग भएको तनहुँ कफी उत्पादक कृषि सहकारी संघका अध्यक्ष शिव बोहोराले बताए । विगत एक दशकदेखी तनहुँको कफी तेश्रो मुलुकमा निर्यात हुने गरेको बोहोराले जानकारी दिए ।

    तनहुँको कफी उच्च गुणस्तरयुक्त रहेको विदेश निर्यात गर्ने निकायले जानकारी दिएको र ल्याव टेष्टबाट पनि प्रमाणित भएको बोहोराले बताए । राष्ट्रिय चीया तथा कफी विकास बोर्डको समन्वयमा तनहुँमा उत्पादित कफी तेश्रो मुलुक निर्यात गरिदै आएको उनले जानकारी दिए । जिल्ला भर रहेका १२ वटा कफी उत्पादक कृषी सहकारी संस्था मार्फत र व्यक्तिगत रुपमा उत्पादन भएका कफी जिल्ला कृषि सहकारी संघ मार्फत राष्ट्रिय चीया तथा कफी विकास बोर्डको समन्वयमा तेश्रो मुलुक निर्यात हुने गरेको बोहोराले बताए ।

    तनहुँमा भानु नगरपालिकामा सबैभन्दा बढि कफी उत्पादन हुने गरेको छ । उक्त वडामा मात्र १० वटा कफी उत्पादन गर्ने सहकारी संस्थाहरु क्रियाशिल रहेको अध्यक्ष बोहोराले जानकारी दिए । त्यसबाहेक बन्दिपुर र देवघाट गाउँपालिकामा पनि कफी उत्पादन गर्ने सहकारी र कृषक क्रियाशिल छन् । बोहोराले भानु नपाको वडा नम्बर १० चोक चिसापानीमा चार रोपनी जग्गामा व्यवसायी कफी खेती गरेका छन । उनि विगत १७ बर्षदेखी कफी खेतीमा संलग्न छन । अन्य बाली भन्दा कफीमा आम्दानी धेरै हुने भएकोले आफु कफी खेतीमा लागेको उनले बताए ।

    एउटा बोटबाट एक वर्षमा कम्तीमा एक हजार रुपैयाँ सम्म आम्दानी हुने गरेको बोहोराको अनुभव छ । हेल्भेटासको सहयोगमा गाउँमै स्थापना गरिएका संकलन केन्द्रमा कफी संकलन गरि उक्त केन्द्र मार्फत नै भुक्तानी दिने व्यवस्था मिलाईएको छ । प्रत्येक प्रराम्भिक सहकारी संस्थामा राखिएका पल्पर मेसिन मार्फत कफीको प्रशोधन गर्ने व्यवस्था समेत मिलाईएको बोहोराले जानकारी दिए ।

    समुन्द्री सतहबाट एक हजार देखी दुई हजार मिटरको उचाईको जमिन कफी उत्पादनको लागि योग्य रहेको अर्का कफी कृषक कृष्णबहादुर खड्काले जानकारी दिए । खड्काले चार रोपनी क्षेत्रफलको जग्गामा कफीको नर्सरी समेत स्थापना गरेका छन । नर्सरीमा उत्पादित कफीका विरुवा सबै कफीका प्रराम्भिक सहकारीले नै खरिद गरि कृषकहरुलाई विक्री गर्ने खड्काले जानकारी दिए।

    तनहुँमा हाल ४१ हेक्टर जमिनमा कफीको खेती हुने गरेको कृषि ज्ञानकेन्द्र तनहुँले जनाएको छ । तनहुँमा वार्षिक १५ मेट्रिक टन ग्रीन विन कफी उत्पादन हुने कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । जिल्ला भर करिब दुई सय घर परिवार कफी खेतीमा संलग्न रहेको तिवारीले बताए ।

    तनहुँमा २ हजार हेक्टर जमिन कफी खेतीका लागि उपयुक्त रहेको छ । अरु अन्नबाली तथा फलफुलको तुलनामा कफी खेतीबाट धेरै आम्दानी हुने भएकाले कृषकहरु पछिल्लो समय कफी खेती तर्फ आकर्षीत भएको र कृषि ज्ञान केन्द्रले पनि कृषकहरुलाई त्यसतर्फ प्रोत्साहन गरेको तिवारीले बताए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...