News Portal

  • ‘समय समाज’ पन्ध्र वर्ष प्रवेश गरेको कार्यक्रममा पत्रकार रत्न श्रेष्ठ पुरस्कृत

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १ माघ
    २४७३ पटक
    भक्तपुर, १ माघ

    भक्तपुरबाट प्रकाशन हुँदै आएको पत्रिका ‘समय समाज राष्ट्रिय साप्ताहिक’ पन्ध्र वर्षमा प्रवेश गरेको छ । वुधवार समय समाजले आफ्नो पन्ध्रौ वर्ष प्रवेश कार्यक्रम सम्पन्न गरेको हो ।

    पूर्व उद्योग मन्त्रीसमेत रहेका नेकपाका केन्द्रीय सदस्य एवं भक्तपुर २ बाट निर्वाचित संघीय सांसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा मध्यपुर थिमीको राधेराधेस्थित एक पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा पत्रिकाले हरेक वर्ष दिंदै आएको पत्रकारिता पुरस्कारबाट राससका फोटो पत्रकार रत्न श्रेष्ठ सम्मानित भएका छन् । उनलाई नगद पाँच हजार सहित सम्मान पत्र प्रदान गरिएको छ भने पत्रिकाले आफ्ना व्यवस्थापक नारायण थापालाई उत्कृष्ठ कर्मचारीकोरुपमा पुरस्कृत गर्यो । त्यसैगरी पत्रिकामा बिभिन्न विधामा योगदान पुर्याउने व्यक्तित्वहरु समेत पुरस्कृत भएका छन् ।

    उक्त अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै सांसद बस्नेतले पत्रकारितालाई राज्यको चौथो अंगको रुपमा सबैले स्वीकार गरेता पनि यसले आफ्नो गरिमा कायम गर्न नसकेको आरोप लगाए । पत्रकारिता स्वनियन्त्रित हुनुपर्नेमा अनियन्त्रित भएको भन्दै सतारुढ़ दल नेकपाका केन्द्रीय सदस्य समेत रहेका सांसद बस्नेतले सरकारले यसलाई विधिमा ल्याउन खोजेको बताए ।

    सत्यतथ्य भन्दा पर रहेर पत्रकार हुँ भन्दै जेपायो त्यहि लेख्न नपाइने उनको जिकिर छ । पत्रिकामा भन्दा अनलाइन मिडियामा धेरै बिकृती देखिएको सांसद बस्नेतको दावी छ । ”सरकारले कानुन बनाएर मिडियालाई नियमन गर्न खोजिरहेको छ तर यहाँ नियन्त्रण गर्न खोजेको हल्ला फैलाइएको छ ।” उनले भने ।

    कार्यक्रममा बागमती प्रदेश सभामा सूर्यविनायक क्षेत्र बाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य शशिजंग थापाले पैसालाई महत्व दिने लक्ष्मी पत्रकारका कारण यो क्षेत्र बदनाम बनेको बताउदै साच्चिकै समाचार लेख्ने सरस्वती पत्रकारहरुले समाज रुपान्तरणमा योगदान दिनसक्ने बिचार व्यक्त गरे भने अर्का मध्यपुर थिमी क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य राजेन्द्रमान श्रेष्ठले देशकै कार्यकारी प्रमुख रहेका प्रधानमन्त्री केपी ओलीले समेत आफ्ना कामहरु संचार माध्यमले बाहिर नल्याएको गुनासो गरिरहेको सन्दर्भमा पत्रकारिताप्रति प्रश्नहरु तेर्सिएका बताएका थिए । त्यसैगरी नेकपाकी केन्द्रीय सदस्य एवं प्रदेश सभा सदस्य सरस्वती बाटीले समय समाज साप्ताहिक जनान्दोलनको जगमा जन्मिएको बताउदै यसले जनताको पक्षमा आवाज उठाइरहने विस्वास व्यक्त गरिन ।

    सभालाई सम्बोधन गर्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, जिल्ला समन्वय समितिका संयोजक नवराज गेलाल, मध्यपुर थिमीकी उपमेयर अञ्जना देवी मधिकर्मी लगायतले पत्रकारिता जनपक्षीय हुनुपर्नेमा जोड दिएका थिए । उक्त अवसरमा नेकपा केन्द्रीय सदस्य एवं चाँगुनारायण नगरपालिका प्रमुख सोम मिश्र, नेकपा जिल्ला सचिव डीपी ढकाल, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुस्करराज बुढाथोकी, दवाब साप्ताहिकका प्रकाशक सम्पादक अमर भुजु, प्रेस संगठन नेपाल भक्तपुर संयोजक कविता थापा, सहसंयोजक संजीप शुभचिन्तक, राससकर्मी क्रियाशील पत्रकार समाजका भक्तपुर अध्यक्ष एवं रेडियो हिमालयनका स्टेसन म्यानेजर रमेश गिरी, मध्यपुर संचार समाजका अध्यक्ष बाबुकाजी श्रेष्ठ लगायत पत्रकारका बिभिन्न संघसंगठनका प्रतिनिधि एवं प्याब्सन, हिसान, लगायतका विभिन्न सस्थाका १ दर्जन बढी व्यक्तिहरु अतिथिको रुपमा उपस्थित रहेका थिए ।

    पत्रिकाका अध्यक्ष बालमुकुन्द सुवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन भने सम्पादक सोम शर्मा बजगाइले गरेका थिए ।

    तस्वीर : प्रतिक थापा

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...