News Portal

  • बिहीवार भक्तपुरमा राष्ट्रिय कार्यक्रम हुँदै : प्रमुख अतिथिमा गृहमन्त्री बादल

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १ माघ
    २०७३ पटक
    भक्तपुर, १ माघ

    २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल राष्ट्रिय कार्यक्रम भक्तपुरमा हुने भएको छ । विक्रम सम्वत १९९० साल माघ २ गते गएको महाभूकम्पको दिनलाई विगत २२ वर्ष देखि राष्ट्रिय भूकम्प सुरक्षा दिवसको रुपमा मनाइदै आइएकोमा यस वर्ष भक्तपुरमा मूल समारोहसहित उक्त दिवस मनाइने भएको हो ।

    भक्तपुर नगरपालिकाले व्यवस्थापनको जिम्मा लिएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा केन्द्रीय सरकारका गृह मन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी हुने भएका छन् । भक्तपुर नगरपालिकाले प्रधानमन्त्री र मन्त्रीहरुलाई आमन्त्रण गरेर कुनै औपचारिक कार्यक्रम गरेको देखिंदैन तर बिहीवार भने गृह मन्त्री रामबहादुर थापा ‘बादल’औपचारिक कार्यक्रमका प्रमुख अतिथि रहने छन् ।

    मूल समारोहको व्यवस्थापकीय जिम्मा लिएको भक्तपुर नगरपालिकाको आयोजनामा पुस २३ गते बुधबार राष्ट्रिय भूकम्प सुरक्षा दिवस व्यवस्थापन उपसमितिको बैठकले मूल समारोहमा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण गर्ने औपचारिक निर्णय गरेको हो । प्रधानमन्त्री ओलीको स्वास्थ्य अनुकुल नभएकोले पछि गृह मन्त्री प्रमुख अतिथि हुने गरि कार्यक्रम तय भएको भक्तपुर पोस्टलाई जानकारी प्राप्त भएको छ ।

    यस अघि पुस १३ मा गृह मन्त्रालयमा बसेको राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ मूल समारोह समितिको बैठकबाट २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल राष्ट्रिय कार्यक्रम भक्तपुरमा गर्ने निर्णय गरिएको थियो । त्यतिमात्र होइन, समितिले सो को जिम्मा भक्तपुर नगरपालिकालाई दिएको थियो । भक्तपुरका नगर प्रमुख सुनिल प्रजापतिले कार्यक्रम व्यवस्थापन गर्ने पहल लिएपछि नगरपालिकाले उक्त जिम्मेवारी पाएको थियो ।

    यस्तो छ माघ २ को कार्यक्रम

    व्यवस्थापन उपसमितिका सचिव समेत रहेका भक्तपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व:ले भक्तपुर पोस्टलाई जनाए अनुसार मूल समारोह भक्तपुर दरवार क्षेत्रमा २०७६ माघ २ गते बिहीबार दिनको १ः३० बजे भव्यताका साथ शुरु गरिनेछ ।

    सो समारोह अघि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति नेतृत्वमा भनपा १० स्थित लामगाल पुखुबाट मध्यान्ह १२ वजेबाट र्याली गर्ने र सोही समयमा उपप्रमुख रजनी जोशीको नेतृत्वमा वडा नम्बर १ स्थित भाज्या पुखुबाट अर्को र्याली गर्ने बताइएको छ । लामगाल पुखुबाट सुरु जून र्याली नवदुर्गा – गछेें – सकोलान – दत्तात्रय – इनाचो – गोल्मदी – सुकुलढोका – त्रिपुरा सुन्दरी हुदै दरवार क्षेत्रमा सभामा परिणत हुनेछ भने भाज्या पुखुको र्याली इनागा – भार्वाचो – तेखापुखु – बंशगोपाल – नासमना – तालाक्व – टौमढी – क्वाछें – साकोठा हुँदै दरवार क्षेत्रमा पुगी सभामा परिणत हुनेछ । दुवै र्याली दिसो १: ३० अघि नै दरवार क्षेत्रमा पुगेपछि मूल समारोह शुरु हुने बताइएको छ ।

    र्याली शुरु हुने दुवै स्थानमा ख्वप कलेजबाट जनचेतनामूलक नाटक प्रदर्शनी र नेपाल स्काउट, रेडक्रस सोसाइटी लगायत बाट विपद् व्यवस्थापन सम्वन्धि विशेष प्रस्तुती रहनुका साथै र्यालीमा सुरक्षा निकायका व्यान्ड बाजा टोली नगरका विभिन्न सास्कृतिक समूहहरु, धिमे बाजा, बासुरी बाजा, माक प्याख, लाखे प्याख लगायतको आकर्षक प्रस्तुती समेत प्रदर्शन गरिने कार्यक्रम रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...