News Portal

  • पूर्व मन्त्रीलाई पाँच सयको तनाव !

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ माघ
    १६५२ पटक
    भक्तपुर, ४ माघ

    पूर्व मन्त्रीलाई पाँच सय रुपिँयाको तनाव हुन्छ भन्ने कुरा तपाई लाई पत्यार नलाग्न सक्छ । तर, यो कुरा साँचो हो ।

    स्वास्थ्य मन्त्री र पर्यटन तथा नागरिक उड्डयन मन्त्री भैसकेका पूर्वमन्त्री लोकेन्द्र बिष्टमगरलाई पाँच सय रुपिँयाले निकै तनाव पारेको कुरा उनले सामाजिक संजालमा व्यक्त गरेका छन् । स्वच्छ छवीका इमान्दार एवं हकी नेताको रुपमा परिचय बनाएका पूर्व माओवादी बिष्टमगरको अहिलेको परिचय भने मिहिनेती किसान हो । उनी राजनीतिलाई पूर्ण रुपमा त्यागेर कृषी कर्ममा जीवन धानिरहेका छन् । वर्तमान राजनीतिको चरित्रबाट बिरक्तिएर उनी दाङ्गमा सामान्य किसानको जीवनयापन गरिरहेका देखिन्छन ।

    शुक्रवार उनले सामाजिक संजालमा लेखेका छन्,”हैट …तनाव थरिथरिका !” कुरा के भएछ भने उनी दाङको बिजौरी बजार झरेका रहेछन । मोबाइलमा रिचार्ज गर्दा उनलाई साहुजीले एक हजारको रिचार्ज गरिदिएछन तर पर्स खोल्दा उनको पर्समा पाँच सय भन्दा रहेनछ ।अब उनलाई तनाव भएछ, तैपनि हिम्मत गरेर विनम्रतापूर्वक पसलेलाई पाँच सय मात्र भएको भनेछन । त्यसपछि पसले तनावमा आइहालेछन ।

    हुन त त्यो स्वभाविक नै थियो भन्छन, पूर्वमन्त्री बिष्टमगर । ”उता पसले तनावमा, यता म लज्जात्मक तनावमा! उपाय केही पाइएन! झोला, मोबाइल,पाँचसयको नोट र छाता त्यहीँ धितो राखेर बजारतिर लागे।” उनले भने ।

    हुन त पैसा सबैसंग सधै हुने कुरा होइन । तर, पूर्व मन्त्री जस्तो मान्छे पैसा त होला भन्ने आम मान्छेका लागि उनी अपवाद नै हुन भन्दा फरक परेन । केहि अन्य पूर्वहरुको चहलपहल हेर्दा एटिएम, क्रेडिट कार्ड लगायतको पहुँचमा समेत उनी नहुनु पत्याउन नसकिने जस्तो लाग्नु स्वाभाविकै हो । तर उनले भनेका छन् कि पाँच सयको लागि धितो राखेको सामान निखन्न बजार चाहार्दा अर्को तनाव के भयो भने चिनेका पसल बन्द भैसकेछन ।

    ”तनावकै बीचमा एक जनाको तरकारी पसलमा पसे। त्यहाँ नि साहूजीले चिन्नु भएन । केही दिन अघि हाम्रो फर्मबाट उहाँकोमा तरकारी आएको थियो। सो कुरा सम्झेर कुरा गरे। बल्ल साहुजीले धौ धौ चिन्नुभो। पैसा भएको बाकस हेर्नुभो पैसा त रहेनछ । मुश्किलले पाँचसय पुर्याएर दिनुभो।धन्यवाद दिदै एउटा युद्ध जिते जसरी पैसो बुझाउन पुगे।” पूर्व मन्त्री बिष्टले भनेका छन् ।

    ” ल साउजी पैसा बुझौं भने। साहुजीको तनाव आधा भन्दा धेरै घटेको जस्तो लाग्यो। तपाईंको घर कहाँ हो ? साहुजीले सोध्नुभो। म फलानो भनेर नाम भन्दा मेरो मुखमा मास्क नै रहेनछ। अहिले त मास्क पनि खोल्नु भएछ भन्दै थोरै मुस्काएर तपाईं त साम्सद होइन र?भन्न पनि भ्याउनुभो! हजूर हो “पुरानो” भन्दै ल साहुजी गाह्रो नमानम है भन्दै भित्र भित्रै झन् लाजले थला पर्दै बाटो लागे। चिसोले सताएर रुघाखोकी लागेकाले मास्क लगाएको। पैसा पाएपछी खुशीले मास्क नै झिकेछु। मनमनै मोबाइललाई सराप्दै …….हास्दै बाटो नाप्दै नाप्दै बासस्थान पुगे ।” उनले लेखेका छन् ।

    पैसा नहुने यस्तो हुन्छ काहिलेकाही । तर, तनाव लिने गरी चाहि कोहिकोहीलाई मात्र हुनेगर्छ । त्यो कोहीकोही मध्ये पूर्व मन्त्री भएर पनि बिष्ट पर्नुलाई एकअर्थमा सुखद संयोग पनि मान्न सकिन्छ किनभने समाजमा राजनीति गर्नेले पुस्तौलाई पुग्ने गरी कमाएका हुन्छन भन्नेका लागि उनी एक शिक्षा पनि हुन । एउटा सामान्य किसानको अवस्था बुझ्न उनको यो स्टाटस काफी हुन्छ ।

    दाङको तुलसीपुर उपमहानगरपालिका–१८ को करिब ३ बिघा बाझो बारी भाडामा लिएर केहि साथीहरु सहित ‘ड्रयागन फ्रुट’ को खेती गरिरहेका पूर्व मन्त्री बिष्टले यस अघि काभ्रेमा कालोधानको खेती गरेका थिए । नयाँ खेतीलाई नेपालमा लोकप्रिय बनाउन सेलिब्रेटी कृषक बनेका होइनन उनी । दुई छाक खान र परिवार पाल्न खेतमा जीवन फ़ुलाइरहेका पूर्वमन्त्री बिष्टमगरबाट समाजले श्रमलाई सम्मान गर्न सिक्नुपर्दछ र त्यो नै समृद्ध नेपालको आवश्यकता पनि हो ।

    प्रतिकृया दिनुहोस्

    सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने

    सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)का जिल्ला इन्चार्ज...

    सत्तारुढ एमालेले जग्गा दान लिनु भ्रष्टाचार भएको ट्रान्सपरेन्सी इन्टरनेसनको ठहर

    ट्रान्सपरेन्सी इन्टरनेसन नेपालले सरकारवादी मुद्दा बेहोरिरहेका र अदालतबाट दोषी ठहर भएकासँग जग्गा दान लिनु भ्रष्टाचारको...

    भेटिएन विमानमा बम

    भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको विस्तारा एयरलाइन्सको विमानमा बम नभेटिएको सुरक्षा स्रोतले जानकारी दिएको छ...

    बेश्याबृत्ति गराएको अभियोगमा महिला गिरफ्तार

    जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा...

    हेर्नुस् सरकारलाई विपक्षी दलले तत्काल गर्न भनेका १३ काम

    सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबार, काठमाडौँ नेपाल । विषयः...