News Portal

  • अनेरास्ववियू भक्तपुरको संयोजकमा तिमल्सिना र सहसंयोजकमा थापा चयन (सूचीसहित)

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ माघ २०७६
    २१६० पटक
    भक्तपुर, ५ माघ २०७६

    सत्तारुढ दल नेकपाको भ्रातृसंगठन अनेरास्ववियूले जिल्ला नेतृत्वको टुंगो लगाएको छ । केही दिन अघि मात्रै केन्द्रीय सदस्यहरुको टुंगो लगाएको केन्द्रीय नेतृत्वले जिल्लाका संयोजक र सहसंयोजकहरुको टुंगो लगाएको हो ।

    पुस २७ र २८ गते काठमाडौंमा सम्पन्न अनेरास्ववियूको नवनिर्मित केन्द्रीय समितिको निर्णयले दिएको कार्यादेश अनुसार संयोजक ऐन महर र सहसंयोजक रंजित तामाड।ले जिल्ला नेतृत्वको टुंगो लगाएका हुन् ।

    अनेरास्ववियू र अनेरास्ववियू(क्रान्तिकारी )को एकताबाट बनेको अनेरास्ववियू (ANNISU) ले ७७ वटै जिल्लामा नेतृत्व टुंगो लगाएको छ । पुस २७ र २८ मा सम्पन्न पूर्ण बैठकले टुंगो लगाएको नेतृत्व अनेरास्ववियूले आइतवार सार्वजनिक गरेको हो ।

    केन्द्रीय संयोजक ऐन महर र सह संयोजक रंजित तामाङ्गद्वारा हस्ताक्षरित विज्ञप्ती अनुसार भक्तपुर जिल्लाको नेतृत्व भने सुवास तिमल्सिना र विराज थापालाई दिइएको छ । तिमल्सिनालाई संयोजक र थापालाई सह-संयोजकको जिम्मेवारी दिइएको जनाइएको छ ।

    संयोजक चयन भएका सुवास पूर्व नेकपा एमालेको विद्यार्थी संगठनका नेता हुन् भने विराज पूर्व माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को जिल्ला उपाध्यक्ष रहेका थिए ।

    भक्तपुरको नेतृत्वमा चयन भएका दुवै विद्यार्थी नेता कानुनका विद्यार्थी हुन् ।

    जिल्लाका संयोजक र सहसंयोजकहरुः

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...