News Portal

  • राजकुमारी अस्ट्रिड भक्तपुर भ्रमणबाट प्रभावित : मन्त्री भट्टराईले भने, ‘मेयरलाई धन्यवाद !’

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, ७ माघ
    ३९७३ पटक
    भक्तपुर, ७ माघ

    नेपाल भ्रमणमा आएकी बेल्जियमका राजा फिलिपिकी बहिनी राजकुमारी अस्ट्रिडलाई भक्तपुरमा न्यानो स्वागत भएपछि पर्यटन मन्त्री योगेश भट्टराई दंग देखिएका छन् । सस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले औपचारिक रुपमै भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिलाई धन्यबाद भनेका हुन् ।

    सामाजिक संजालमा उनले मंगलवार बिहानै लेखेका छन ” राजकुमारी अस्ट्रिड र उनको प्रतिनिधि मण्डलले भक्तपुर दरवार क्षेत्रको भ्रमण गरेको छ । उनी भक्तपुरको ऐतिहासिक सम्पदा र जीवन्त सस्कृती बाट प्रभावित भएकी छन् । उत्कृष्ट व्यवस्थापनको लागि भक्तपुरका मेयर सुनिल प्रजापति लाई धन्यवाद ।”

    मन्त्री भट्टराईले राजकुमारी अस्ट्रिडको भ्रमण नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न महत्वपूर्ण सावित हुने विस्वास लिएका छन् । मंगलवार विहानै उनलाई भक्तपुर भ्रमणमा साथ् दिन उनी आउनु अघि नै मन्त्री भट्टराई आफै भक्तपुर आएका थिए ।

    मंगलवार बिहान भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मन्त्री भट्टराई र राजकुमारी अस्ट्रिडको प्रतिनिधि मण्डललाई भक्तपुरमा स्वागत गरेका थिए । राजकुमारी अस्ट्रिडको टोलीमा राजकुमारसहित नेपालका लागि युरेपियन युनियनका महावाणिज्यदूत त्यसैगरी बेल्जियमका लागि नेपालका राजदूत लगायत पन्ध्र जना सहभागी रहेका थिए ।

    राजकुमारी अस्ट्रिड र उनको प्रतिनिधि मण्डललाई मन्त्री भट्टराई र मेयर प्रजापति,  उपमेयर रजनी जोशी स्वयम् संलग्न भै भक्तपुर दरवार क्षेत्रको अवलोकन गराएका थिए । उक्त अवसरमा उनले भक्तपुरको दरवार क्षेत्र र तौमढि क्षेत्रको अभिरुचीपूर्वक अवलोकन गरेको र यहाँको सम्पदा र सस्कृतीको प्रसंशा गरेको मेयर प्रजापतिले भक्तपुर पोस्टसंग भने ।

    राजकुमारीले तलेजु भवानीको मन्दिर, गोल्डेन गेट, पचपन्न झ्याले दरवार, सिद्धिलक्ष्मी, यक्षेश्वरका साथै पाँच तले मन्दिर र भैरवनाथ लगायतको अवलोकनभ्रमण गरेकी थिइन् । उक्त अवसरमा उनलाई देवी नाच र लाखे नाच समेत देखाइएको थियो ।

    नगरपाालिकाका दामोदार सुवालले जनाए अनुसार अवलोकन भ्रमणअक क्रममा राजकुमारीले भक्तपुरको पर्यटन उद्योग र यहाँको कला सस्कृती बारे बिबिध जिज्ञासा राख्नुका साथै पुरातात्विक सम्पदाको मौलिकता रक्षाको लागि नगरपालिकाले पुर्याएको योगदानको प्रसंसा गरेकी थिइन् ।

    ” भक्तपुर सानो भए पनि यहाँको मौलिकता ठूलो रहेछ । म फेरी भक्तपुर घुम्न आउछु ।” भ्रमणबारे प्रतिक्रिया दिंदै राजकुमारीले भनिन् ।उनले यहाँको मौलिक सम्पदा र सस्कृती मात्र होइन, खाना पनि खुबै स्वाद मानेर खाएकी थिइन् । राजकुमारीले जुजु धौ धेरै मीठो मानेर खाएकी थिइन् । उनलाई नगरपालिकाले विशेष थैली र मयुरको झ्याल दिएर बिदाइ गरेको छ ।

    सन् १९६३ मा नेपाल र बेल्जियम बीच कुटनीतिक सम्बन्ध स्थापित भएको हो । वर्तमान राजा फिलिपि युवराज हुँदा सन् १९९८ मा नेपालको भ्रमण गरेका थिए । त्यतिबेला पनि नेपालले भ्रमण वर्ष मनाइरहेको थियो । सन् २००५  मा त्याहाँका विदेश मन्त्रीले नेपाल भ्रमण गरेयताको राजकुमारी अस्ट्रिडको भ्रमण नै उच्चस्तरीय भ्रमण हो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...