News Portal

  • संसाझै १६ वर्षे सुवालको हत्या गरी फरार २ सिद्धपोखरीको गेस्ट हाउसबाट समातिए

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ८ माघ २०७६
    २७२० पटक
    भक्तपुर, ८ माघ २०७६

    संसाझै छुरा घोपी १६ वर्षे किसोरको हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर नगरपालिका वडा नं. ६ भोलाँछेमा छुरा घोपी फरार रहेको आशंकामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    बुधवार साँझ भोलाँछेमा चाँगुनारायण ७ चोखाका अन्दाजी १६ वर्षिय किसोर रोहन सुवाललाई धारिलो हतियार (छुरा) प्रहार गरी घाईते बनाईएको थियो । स्थानीयको सूचनाको आधारमा प्रहरीले सुवाललाई उद्दार गरी भक्तपुर अस्पताल तर्फ ल्याउदै गर्दा उनको बाटोमै मृत्यु भएको महानगरीय प्रहरी परिसरका डीएसपी कुमार बिक्रम थापाले बताए ।” घाईते रोहनलाई भक्तपुर अस्पताल ल्याइएपनि चिकित्सकले उपचारको लागी ल्याउने क्रममा बाटोमै मृत्यु भएको घोषणा गर्नुभयो ।” डीएसपी थापाले भक्तपुर पोस्टसंग भने ।

    प्रहरीका अनुसार छुरा प्रहार गर्ने मानिसहरु भने फरार भैसकेका थिए । हुलिया पहिचान गरी खोजतलास गर्ने क्रममा राती ८ बजेको समयमा शंकास्पद २ जनालाई भक्तपुर १ दुधपाटीस्थित सिद्धपोखरीनजिकको कान्तिपुर गेष्‍ट हाउसबाट नियन्त्रणमा लिइएको डीएसपी थापाको भनाइ छ ।

    ”उमेर १५/१६ वर्ष बताउने २ जना शंकास्पद व्यक्तिहरुलाई कान्तिपुर गेष्‍ट हाउसको कोठा नं. २०३ मा लुकीछुपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिईएको छ ।” डीएसपी थापाले बताए । हत्यामा प्रयोग गरिएको छुरा समेत प्रहरीले फेला पारेको बताइएको छ । ”पक्राउ परेका व्यक्तिहरुले देखाए अनुसार खोज्दैजादा घटनाको क्रममा प्रयोग भएको छुरा समेत बरामद गरीएको छ ।” सूचना अधिकारी समेत रहेका डीएसपी थापाले भने ।

    पक्राउ परेका व्यक्तिहरुले भक्तपुर २ कालोपाटी देखी झौखेल जाने सडक नजिकको झाडीमा लुकाई छिपाई राखेको अवस्थामा छुरा भेटिएको बताइएको छ । पक्राउ परेका व्यक्तिहरुको पहिचान सार्वजनिक गरिएको छैन । उनीहरुलाई महानगरीय प्रहरी परिसरमा राखी हत्याको थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    खानेपानी वितरण र शुल्क असुलीको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसद सुवालको सुझाव

    prem suwal

    खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको...

    भरतपुरको घर घरमै पुगेर स्वास्थ्य सेवा, मेयर दाहालले गरिन् शुभारम्भ

    renu dahal

    भरतपुरका घर घरमै पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने कार्यक्रम...

    सिडिओ छोडेर भक्तपुरको प्रमुख प्रशासकीय अधिकृतमा भट्टराई

    निजामती सेवाका उपसचिव बसन्त भट्टराई सिडिओ छोडेर स्थानीय सरकारको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका छन्...

    उपचाररत उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई भेट्न नपाइने

    प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्...

    प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेर लिए उपप्रधान एवं गृह मन्त्री श्रेष्ठको स्वास्थ्य बारे जानकारी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।बुधवार...