News Portal

  • गृहमन्त्री रामबहादुर थापाको असन्तुष्टि पछि गायिका राउत रिहा

    भक्तपुरपोष्ट संवाददाताकाठमाडौ, १४ माघ
    १०३३ पटक
    काठमाडौ, १४ माघ

    जिल्ला प्रशासन कार्यालय काठमाडौँले गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न दिएको अनुमती बदर गर्दै उनलाई धरौटीमा रिहा गरेको छ । सोमबार ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमती दिएको प्रशासनले मंगलवार उनलाई धरौटीमा रिहा गर्न अर्को आदेश दिएको हो ।

    मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ हजार धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी हिरासत मुक्त भएकी छिन । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले प्रशासनको आदेशपछि उनलाई रिहा गरिएको बताए ।

    अभद्र व्यवहार सम्बन्धी मुद्दा खेपिरहेकी आस्था राउतलाई ४ दिन हिसासतमा राख्ने आदेश हिजो मात्रै जिल्ला प्रशासन कार्यालयले दिएको थियो । तर, जिल्ला प्रशासन कार्यालयको त्यो आदेशको व्यापक आलोचना र विरोध भएको थियो । सत्तारुढ दल नेकपाका नेताकार्यकर्ताहरुले नै सरकारलाई बदनाम गराउन अनावश्यक ठाउँमा प्रहरीले हात हालेको आरोप लगाउदै सामाजिक संजालमै असन्तुष्टि व्यक्त गरेका थिए ।

    गृहमन्त्री रामबहादुर थापा बादल समेत गायिका राउतलाई हिरासतमा राख्ने आदेशबाट असन्तुष्ट रहेका र उनको निर्देशनपछि राउत रिहा भएकी उनी निकट श्रोतले भक्तपुर पोस्टलाई जानकारी गराएको छ ।

    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी जवान रमिता श्रेष्ठ र आस्थाबीच विवाद भएपछि जवान श्रेष्ठले अभद्र व्यवहारमा उजुरी दिएकी थिइन् ।

    याे पनि

    युवा पप गायिका आस्था अप्ठ्यारोमा : रुदै भनिन्, ‘मरिजाने चोलामा झुटो बोल्दिन’

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...