News Portal

  • ३ सय १७ वर्ष पुरानो पाँच तले मन्दिरको जीर्णोद्धारबारे अन्तरक्रिया सम्पन्न

    हिना सुवाल / भक्तपुरपोस्ट २० माघ
    १८०७ पटक
    २० माघ

    भक्तपुर । पाँच तले मन्दिरको रुपमा परिचित नेपालकै अग्लो विश्व प्रसिद्ध मन्दिर ङातापोँल मन्दिर जीर्णोद्धार सम्बन्धि अन्तरक्रिया गरिएको छ । सोमबार भक्तपुर नगरपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

    कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले ङातापोँल मन्दिरको सुरक्षा गर्नु सबैको दायित्व रहेको बताए । काठमाडौं उपत्यका भूकम्पीय जोखिममा ११ औं स्थानमा रहेको भन्दै अहिले जीर्णेद्धार गरिएको र गरिरहेको सम्पूर्ण सम्पदाहरु मौलिक रुपमा गर्नुपर्ने उल्लेख गरें । उपभोक्ता समिति बनाई काम गर्दा गुणस्तरीय हुने हुँदा ङातापोँल मन्दिर पनि उपभोक्ता समितिमार्फत नै गरिनु पर्ने सांसद सुवालले बताए ।

    प्रदेश सांसद सुरेन्द्रराज गोसाईले ङातापोँल मन्दिर नगरपालिकाको मात्र नभई सबै भक्तपुर बासिन्दाको सम्पत्ति भएको हुनाले यस विषयमा चासो राख्नु पर्ने बताए ।

    भक्तपुर नगरपालिका प्रमुख तथा कार्यक्रमका सभापति सुनिल प्रजापतिले देशकै अग्लो मन्दिरको रुपमा प्रसिद्ध रहेका मन्दिर १९९० सालको भूकम्पले केही क्षति नपुगेको तर ०७२ सालको भूकम्पले ५ औ तल्लामा क्षति पुगेको बताए । यस मन्दिरको जीर्णेद्धारको लागि ख्वप इन्जिनियरिङ कलेज तथा ख्पव कलेज अफ इन्जिनियरिङको टिमले सम्पूर्ण क्षति सम्बन्धि विस्तृत अध्ययन गरिसकेको जानकारि गराए ।

    कार्यक्रममा भक्तपुर नगरपालिका उपप्रमुख रजनी जोशी, पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्की, संरक्षणविद प्रा.सुदर्शनराज तिवारी, संरक्षणविद भरत शर्मा, ईतिहासविद डा.पुरुषोत्तमलोचन श्रेष्ठ, डा.मन्जिप शाक्य, प्रोफेसर तथा पूजारी सिद्धिवीर कर्माचार्य, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधान, दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुर प्रमुख मोहनसिंह लामा, गुठी संस्थान कार्यालय प्रमुख हरि सुवेदी लगायतले कार्यक्रममा आ–आफ्नो राय–सूझाव राखेका थिए । त्यसै कार्यक्रमको सुरुवातमा हेरिटेज रिकन्स्ट्रक्सन स्टडी कमिटिका वास्तुविद् रविना शिल्पकारले मन्दिरमा पुगेको क्षतिबारे विवरण प्रस्तुत गरेकी थिइन् भने वडा अध्यक्ष रविन्द्र ज्याख्वले कार्यक्रम संचालन गरेका थिए ।

    सन् १७०२ मा राजा भूपतिन्द्र मल्लको पालामा निर्मित ङातापोल ३१७ वर्ष पुरानो मन्दिर हो । २०७२ सालको भूकम्प र त्यसपछिका परकम्पले क्षति पुर्‍याएको प्रसिद्ध ङातापोल मन्दिरको जीर्णोद्धारका लागि नगरपालिकाले ६५ लाख १३ हजार ३५८ रुपैयाँको लगत इस्टिमेट तयार गरी जीर्णोद्धार सुरु गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...