News Portal

  • कुनै बेला सिंगो देशले ल्याउने पदक यो वर्ष भक्तपुरका खेलाडीले मात्र दिलाएको प्रति गौरव व्यक्त

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर , २३ माघ
    २५६५ पटक
    भक्तपुर , २३ माघ

    १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि पदक जित्न सफल भक्तपुरका खेलाडीहरु सम्मानित भएका छन् । भक्तपुरका ९ खेलाडीहरु नगद पुरस्कारसहित प्रसंसा पत्रद्वारा सम्मानित भएका हुन् ।

    बुधबार भक्तपुर जिल्ला समन्वय समिति तथा भक्तपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रमका बीच उनीहरु सम्मानित भएका हुन् । खेलाडीहरुलाई पूर्व मन्त्री समेत रहेका संघीय सांसद महेश बस्नेत, प्रदेश सांसद शशिजंग थापा र कृष्णलाल भडेलभडेल, जिसस प्रमुख नवराज गेलाल,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रीभक्त कासिछवा लगायतले नगद पुरस्कारसहित प्रसंसा पत्रद्वारा सम्मान व्यक्त गरेका थिए ।

    कार्यक्रममा १३ औं सागमा कराँतेमा दोहोरो स्वर्ण पदक जित्न सफल मन्देकाजी श्रेष्ठलाई नगद ३० हजार रुपैयाँ , स्वर्ण पदक बिजेता उसु खेलाडी सुस्मिता तामाङ्गलाई २५ हजार रुपैयाँ, तेक्वान्दोमा स्वर्ण पदक बिजेता खेलाडी काजल श्रेष्ठलाई २५ हजार रुपैयाँ, टेबल टेनिस रजत पदक जित्न सफल शिव शुन्दर गोथे २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

    त्यस्तै कबड्डीमा रजत पदक जित्न सफल यसोधा गिरीलाई २० हजार रुपैयाँ, ह्यान्ड्बलमा रजत पदक बिजेता देबकुमारी बाँस्कोटालाई २० हजार रुपैयाँ, भारोत्तोलनमा काँस्य पदक जित्न सफल लक्ष्मी बनलाई १५ हजार रुपैयाँ, जुडोमा कास्य पदक जित्ने शिव राम मकाजुलाई १५ हजार रुपैयाँ, बास्केटबलमा कास्य पदक बिजेता खेलाडी बिक्रम जोशीलाई १५ हजार रुपैयाँ तथा ओलम्पियन धाविका कान्छीमाया कोजुलाई १० हजार नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

    कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवं सांसद बस्नेतले कुनै बेला सिंगो देशले ल्याउने पदक यो वर्ष भक्तपुरका खेलाडीले मात्र दिलाएको प्रति गौरव व्यक्त गरेका थिए । खेलाडीका कारण देशको नाम र प्रतिष्ठा संसारभर फैलिने स्मरण गर्दै बस्नेतले खेल र खेलाडीको लागि आफू सधै नतमस्तक रहने बताए । भक्तपुर लाई खेलाडीका लागि थप उर्बर भूमि बनाउने प्रतिवद्धता प्रकट गर्दै सांसद बस्नेतले यसमा सबैको हातेमालो आवस्यक रहेको समेत बताएका थिए ।

    उक्त अवसरमा भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरु एवं हनुमन्ते नदी सफाई अभियानका अभियन्ताहरु समेत सम्मानित भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...