News Portal

  • शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा डा. तुलसी थपलिया

    भक्तपुरपोष्ट संवाददाता२४ माघ २०७६
    १४२१ पटक
    २४ माघ २०७६

    भक्तपुर । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा डा. तुलसी थपलियाले जिम्मेवारी पाएका छन् ।

    महानिर्देशक बाबुराम पौडेल यही माघ १७ गते जागिरबाट निवृत्त भएपछि डा. थपलियालाई सो जिम्मेवारी दिइएको हो । उनलाई आज (२४ माघमा) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केन्द्रको महानिर्देशक बनाइएको पत्र थमाएको हो । यस अघि केन्द्रका उपमहानिर्देशक रहेका डा. थपलिया गत असोजसम्म शिक्षक सेवा आयोगमा प्रशासकीय प्रमुखको भूमिकामा थिए ।

    मुलुकको शासन प्रणाली संघीय संरचनामा बदलिएको अवस्थामा संघीय (केन्द्रीय) निकायको फेरिएको भूमिकालाई आत्मसाथ गरी प्रभावकारी सेवा प्रदायकका रुपमा काम गर्ने आफ्नो योजना रहेको उनले सुनाए । ‘भएकै कार्यक्रमलाई प्रभावकारी र शिक्षाको व्यवस्थापनलाई समन्वयकारी बनाउनु पर्नेछ,’ डा. थपलियाले भने, ‘ठूला निकायहरु गाभिएर एउटै बनेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई सुदृढ बनाउन आन्तरिक टिम मिलाएर काम गरिनेछ ।’

    काभ्रेपलाञ्चोक जिल्लाको तत्कालीन सस्र्यूखर्क गाविस तथा हाल तेमाल गाउँपालिकाका स्थायी निवासी डा. थपलियाले २०४५ बाट अधिकृतका रुपमा सरकारी जागिरमा प्रवेश गरेका थिए । शैक्षिक जनशक्ति तथा विकास केन्द्रमा लामो समयसम्म रहँदै शिक्षा मन्त्रालयको विद्यालयक्षेत्र सुधार कार्यक्रम (एसएसआरपी) को ‘कोर टिम’को समेत नेतृत्व लिएको अनुभव उनीसित छ ।

    शिक्षक सेवा आयोगमा दुई वर्ष रहेर महत्वपूर्ण काम सम्पन्न गर्न सकेका डा. थपलियालाई शिक्षा सेवामा विद्वत व्यक्तिका रुपमा हेर्ने गरिन्छ । उनी आयोगमा रहँदा अनलाइन फारम भराउने प्रणालीको स्थापना, विषयगत शिक्षकको लाइसेन्स र आन्तरिक तथा खुला परीक्षा सम्पन्न हुन सकेको थियो । करिव २७ हजारभन्दा बढी परीक्षार्थीले परीक्षामार्फत् स्थायी शिक्षक हुने मौका पाएका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...