News Portal

  • भक्तपुर औद्योगिक क्षेत्र स्थानान्तरण गर्ने प्रस्ताव भक्तपुर नगरसभाबाट पारित

    भक्तपुरपोष्ट संवाददाता१ फागुन २०७६
    १४८७ पटक
    १ फागुन २०७६

    भक्तपुर । भक्तपुर नगरपालिकाको छैटौं नगरसभाले भक्तपुर औद्योगिक क्षेत्र स्थानान्तरणसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

    बिहीबार नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगरसभाले औद्योगिक क्षेत्र स्थानान्तरणसम्बन्धी प्रस्तावका साथै आ.व. २०७३/७४ र २०७४/७५ को बेरुजु फछ्र्यौटसम्बन्धी प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको हो ।

    सभामा सम्बोधन गर्दै नगरप्रमुख प्रजापतिले भक्तपुरका प्रजिअ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चिकित्सकहरुको प्रतिनिधि टोलीसँग ‘कोरोना भाइरस’ बारे भएको विषय अवगत गराउँदै चीनबाट नेपाल फर्काइने नेपाली विद्यार्थीहरूलाई मानव बस्तीभन्दा टाढा अलग सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गरे ।

    कोरिया युद्ध र भियतनाम युद्धमा जीवाणु युद्ध फैलिएको प्रसंग कोट्याउँदै नगर प्रमुख प्रजापतिले नगरपालिका कोरोना भाइरस रोगप्रति निकै सजग रहेको स्पष्ट पारे । अर्को प्रसंगमा प्रजापतिले अमेरिकी एमसीसी सम्झौता नेपालको हितविपरीत भएकोसमेत बताए ।

    ऐतिहासिक बस्ती विनास हुने गरी खोकना र बुंगमतीमा फास्ट ट्रयाक र सडकको नाममा स्थानीय जनताको जग्गा अधिग्रहण विषयमा आफ्नो विमत्ति राख्दै प्रजापतिले काठमाडौं उपत्यकामा देशभरिको मानिस जम्मा हुने केन्द्रको रुपमा विकास भइरहेको बताए ।

    बिहीबार बसेको नगरसभाको विशेष समयमा समसामयिक विषयमा विचार राख्दै नगरसभाका सभासद्हरुले चीनबाट फर्किने विद्यार्थीहरुको सुरक्षित व्यवस्थापन गर्न आवश्यक रहेको, नगर प्रहरीको व्यवस्थापनमा ढिलाई गर्न नहुने, भक्तपुर औद्योगिक क्षेत्रलाई अन्य ठाउँमा स्थानान्तरण गर्नुपर्ने, भक्तपुर नगरका नयाँ बस्तीहरुमा घर निर्माणसम्बन्धी मापदण्डको विषय कडाइका साथ लागु गर्नुपर्ने, एमसीसी सम्झौताबारे जनचेतना अभिवृद्धि गर्नुपर्ने, फास्ट ट्रयाक आयोजना कार्यान्वयन भए ऐतिहासिक बस्तीको विनाश हुने, काठमाडौं उपत्यका बाहिर व्यवस्थित सहरको विकास आवश्यक भएकोलगायत धारणा व्यक्त गरेका थिए ।

    सभामा नगरसभासद्हरु सिद्धिराम अवाल, राजेन्द्र माक, ज्ञानकुमार मगजु, बलराम न्हिसुतु, शिवप्रसाद बाला, रत्नकाजी नायभारी, सूर्यप्रसाद श्रेष्ठ, पूर्णगोपाल राजचल, श्यामसुन्दर मातां, गोविन्द दुवाल, रन्जना त्वाती, हरिरत्न गोर्खाली, इन्द्रबहादुर प्याथ र जितेन्द्र मुनंकर्मीले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

    समसामयिक विषयमा सभासद्हरुले राख्नुभएको जिज्ञासा र सरोकारमाथि सम्बन्धित समितिका संयोजक तथा सदस्यहरुले प्रष्ट पारेका थिए । नगरसभाको अर्को बैठक फागुन ४ गते आइतबार दिनको १ बजे बस्ने गरी स्थगित गरिएको नगरले जनाएको छ ।

    भक्तपुर औद्योगिक क्षेत्र स्थानान्तरणसम्बन्धी पारित प्रस्ताव :

    आथिंक वर्ष २०७२/०७३ को नेपाल सरकारको बजेट मन्तव्यमा भक्तपुर औद्योगिक क्षेत्रलाई अन्य स्थानमा स्थानान्तरण गर्ने उल्लेख भएतापनि हालसम्म स्थानान्तरण नगरिएकोले भक्तपुर नगर कार्यपालिकाको मिति २०७६।८।३० गते बसेको बैठकले भक्तपुर नगरपालिका वडा नं. २ स्थित सो औद्योगिक क्षेत्रलाई तत्काल स्थानान्तरणको लागि पहल गरिदिनु हुन र उक्त जग्गा सरकारले अधिग्रहण गर्दा कूटीर व्यवसाय र हस्तकलामा आधारित क्षेत्र विकास गरिने उद्देश्य राखिएको हुंदा सो क्षेत्रको सम्पूर्ण जग्गा यस नगरपालिकालाई हक हस्तान्तरण गर्न आवश्यक व्यवस्थाको लागि पहल गरिदिनु हुन अनुरोध गर्ने निर्णय भएको र मिति २०७६।१०।२७ गते सोही सम्बन्धमा उक्त क्षेत्र वरपर बसोबास गर्ने यस नगरपालिकाका १७९ जना स्थानीय बासिन्दाहरुले भक्तपुर औद्योगिक क्षेत्रमा धुवां, धुलो र रसायन प्रदुषण हुने उद्योगहरु संचालन भई वातवरण प्रदुषण भएको र यसले स्थानीय नागरिकहरुको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको र हाल सो क्षेत्र नगरको मध्य भागमा अवस्थित भएकोले सो क्षेत्रको प्रदुषणले सम्पूर्ण नगरवासीहरुको स्वास्थ्य तथा नगरको वातावरणमा समेत प्रतिकूल प्रभाव परेको भनी आवेदन प्राप्त भएको हुंदा उक्त भक्तपुर औद्योगिक क्षेत्र तत्काल स्थानान्तरण गर्नु पर्ने र सो क्षेत्रको जग्गा भक्तपुर नगरपालिकाको नाममा हक हस्तान्तरण गरी लिनु पर्ने देखिएकोले भक्तपुर आद्योगिक क्षेत्र तत्काल स्थानान्तरण गर्न र उक्त क्षेत्रको जग्गा भक्तपुर नगरपालिकाको नाममा स्वामित्व हस्तान्तरण गरिलिन सरोकारवाला निकायहरुमा अनुरोध गर्ने प्रस्ताव निर्णयार्थ सभामा पेश गर्दछु ।

    भक्तपुर नगरपालिकाको छैटौं नगरसभामा प्रस्तुत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका प्रस्तावहरु :

    १) छिमेकी मित्रराष्ट्र चीनको हुपेई प्रान्तको उहानमा माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाइरस रोगका कारण हजारौं चिनिया जनता संक्रमित भएको र सयौंको संख्यामा मृत्यु भएकोमा मृतकहरुप्रति यो नगरसभा भावपूर्ण श्रद्धाञ्जली तथा पीडित विरामीहरुको सीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । कोरोना भाइरस नियन्त्रण गर्ने तथा विरामीहरुलाई उपचार गर्ने कार्यमा चिनिया सरकारले चालेको प्रभावकारी कदमप्रति यो नगरसभा ऐक्यवद्धता प्रकट गर्दछ ।चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई नेपाल सरकारले सुरक्षित रुपमा स्वदेश फर्काउने निर्णय सकारात्मक छ । तथापि नेपाल फर्काइने विद्यार्थीहरुलाई भक्तपुरको खरिपाटीस्थित विद्युत तालिम केन्द्र परिसरमा क्वारेन्टाइनमा राख्ने नेपाल सरकारको निर्णयप्रति यो नगरसभाको गम्भीर ध्यानाकर्षण भएको छ । कोरोना भाइरस हावाको माध्यमबाट तीब्र गतिमा सर्ने रोग भएको हु“दा मानव वस्तीको नजिकै क्वारेन्टाइन राख्दा संक्रमण चा“दै नै फैलिन सक्ने र यसबाट थप भयावह स्थिति उत्पन्न हुने खतराप्रति सचेत हुन आवश्यक छ ।लामखुट्टेका कारण सर्ने डेंगु रोगले माहामारीको रुप लि“दा तत्काल व्यवस्थापनको उपाय अवलम्बन गर्न नसक्ने नेपाल सरकारले कोरोना भाइरसको सम्भावित माहामारीबाट जोगिने उपायबारे तयारी गरेको छ भन्नेमा विश्वास गर्न सकिने अवस्था देखिदैन ।तसर्थ चीनमा रहेका नेपालीहरुलाई खरिपाटीको सट्टा मानव वस्तीभन्दा टाढा सुरक्षित स्थानमा क्वारेन्टाइनमा राखेर तिनीहरुको स्वास्थ्य अवस्थाको निरन्तर परीक्षण गरी स्वस्थ भएपछि परिवारको सम्पर्कमा पठाउने व्यवस्था तत्काल गर्न यो नगरसभा नेपाल सरकारसंग माग गर्दछ ।

    २) नेपाल सरकारले काठमाण्डौ उपत्यका नगर विकास प्राधिकरणमार्फत काठमाण्डौ उपत्यकामा चार वटा स्याटेलाइट सिटी निर्माण गर्ने र भक्तपुर नगरपालिका वडा नं. १० को सुकुन्दा फँ“ट, चा“गुनारायण नगरपालिकाको अधिकांश भाग र सा“खु क्षेत्रसमेत गाभेर सबैभन्दा ठूलो स्याटेलाइट सिटी तथा सुर्यविनायक क्षेत्रमा अर्को स्याटेलाइट सिटी निर्माण गर्नेसमेत उल्लेख गरिएकोमा यो नगरसभाको ध्यानाकर्षण भएको छ ।काठमाण्डौ उपत्यकामा अहिले नै ८० लाखको हाराहारीमा जनसंख्या छ र उपत्यकाबासीहरु खाद्यान्न आपूर्ति, खानेपानी व्यवस्थापन, स्वास्थ्य उपचार, यातायात जस्ता आधारभूत विषयहरुमा गम्भीर समस्या भोगिरहेका छन् । फोहरमैला व्यवस्थापन र वायु प्रदुषण अर्को जटिल समस्या बनेको छ । यस्तो अवस्थामा स्याटेलाइट सिटी बनाउने नाममा देशभरिकै जनसंख्या उपत्यकामा थुपार्दा काठमाण्डौ उपत्यकाले धान्न सक्ने अवस्था रहन्न । देशको सन्तुलित विकासलाई ध्यानमा राख्ने र सम्भावित विपद् व्यवस्थापन गर्ने हो भने काठमाण्डौ केन्द्रीत विकास निर्माण कार्यलाई विभिन्न जिल्लामा विकेन्द्रीत गर्नुको विकल्प छैन ।तसर्थ काठमाण्डौ उपत्यकाको सा“स्कृतिक एवं प्राकृतिक सम्पदा र भूबनोटको संरक्षण गर्न, स्वच्छ वातावरणसहित पर्याप्त खुला क्षेत्र र हरियाली व्यवस्थापन गर्न तथा उपत्यकाको कृषि भूमि सुरक्षित राख्न नेपाल सरकारबाट प्रस्ताव गरिएको चार ठूला स्याटलाइट सिटी उपत्यकाभन्दा पर उपयुक्त स्थानमा विकास गर्न यो सभा नेपाल सरकारसंग अनुरोध गर्दछ ।

    ३) संरा अमेरिकी गैरसरकारी संस्था सहश्राब्दी चुनौति परियोजना (Millenium Challenge Corporation-MCC) मार्फत नेपाल सरकारलाई ५० अर्व रुपैया बराबरको अमेरिकी सहयोग दिने सम्झौताप्रति यो नगरसभाको ध्यानाकर्षण भएको छ ।कुनै पनि दातृ निकायबाट दिइने आर्थिक सहयोग सर्तसहित हुन नहुनेमा यो सभा सचेत छ । एमसीसी संरा अमेरिकी साम्राज्यवादी हतियार भएको र यसमार्फत विकासशील देशहरुमा अमेरिकी सैन्य हस्तक्षेपको लागि बाटो खोलेको विभिन्न अन्तर्राष्ट्रिय घटनाहरुबाट प्रष्ट भइसकेको छ । संरा अमेरिकाले छिमेकी देश चीनलाई चारैतिरबाट घेर्ने नीति बमोजिम हिन्द प्रशान्त रणनीति (Indo Pacific Strategy-IPS) अघि सारेको र एमसीसी त्यसै नीतिको अंग भएको स्वयं अमेरिकी उच्च पदाधिकारी समेतले प्रष्ट पारेको अवस्थामा नेपालको सार्वभौमिकतामाथि आ“च आउने ढंगबाट प्रस्तुत गरिएको एमसीसी सम्झौता तत्काल खारेज गर्न यो सभा जोडदार माग गर्दछ ।

    ४) नेपाल सरकारले फास्ट ट्रयाक, बाहिरी चक्रपथ, स्मार्ट सिटी र विद्युत प्रशारण लाइन विस्तारको नाममा ललितपुर जिल्लाको ऐतिहासिक एवं सा“स्कृतिक महत्व बोकेका शहरहरु बुङमति र खोकना क्षेत्रका जनतालाई विस्थापित गर्ने तथा सा“स्कृतिक सम्पदा म्हास्ने योजना अघि सारेकोमा यो सभा नेपाल सरकारको उक्त कदमको विरोध गर्दै उक्त योजना तत्काल फिर्ता लिई आन्दोलनरत स्थानीय जनताको न्यायोचित आवाजको सम्बोधन गर्न माग गर्दछ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...