News Portal

  • प्रणय दिवसको दिन प्रदेश मन्त्रीको प्रतिबद्धता : वैशाखबाट भक्तपुर अस्पतालमा आइसीयु

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २ फागुन
    ४५९५ पटक
    भक्तपुर, २ फागुन

    प्रणय दिवसको दिन बागमती प्रदेश सरकारका सामाजिक विकाश मन्त्री युवराज दुलाल ‘शरद’ले भक्तपुर अस्पताललाई आइसीयुयुक्त बनाउने प्रतिवद्धता प्रकट गरेका छन् । अस्पतालमा सघन उपचार कक्ष (आइसीयु) संचालनमा सहयोग गर्ने उनले प्रतिवद्धता प्रकट गरेका हुन् ।

    चन्द्र शमशेरको पालामा विक्रम सम्बत १९६१मा चन्द्रलोक डिस्पेन्सरीका नामबाट शुरु भएको यो पुरानो इतिहास बोकेको अस्पताल सेवा दिन नसकी रिफर सेन्टरको रुपमा आलोचित बनेपछी यसको सुधारमा बागमती प्रदेश सरकार र भक्तपुर नगरपालिकाले चासो बढाउदै गएको छ । प्रदेश सरकार मातहत रहेको भक्तपुर नगरपालिका-१ दुधपाटीस्थित यस अस्पतालको पटक पटक अनुगमन गर्दै आएका मन्त्री दुलालले शुक्रवार आकस्मिक अनुगमन गरेका थिए । अनुगमनकै क्रममा अस्पताललाई आइसीयु सुविधायुक्त बनाउन आवश्यक सम्पूर्ण सहयोग गर्ने उनले बचन दिएका अस्पताल विकाश समितिका अध्यक्ष मिलन सुवालले बताए ।

    मेडिकल सुपरिटेन्टडेन्ट सुमित्रा गौतमले अस्पतालमा आइसीयु संचालन गर्न अस्पतालको तर्फबाट राखेको प्रस्ताव स्वीकार गर्दै मन्त्री दुलालले आवस्यक तयारी गर्न निर्देशन समेत दिए । ” जनशक्ति र बजेटको चिन्ता नगर्नुस, बैसाखबाटै सेवा शुरु हुनेगरी आवश्यक प्रक्रिया पूरा गर्नुस् ।” मन्त्री दुलालले भने । जनताको स्वास्थ्यको लागि प्रदेश सरकारले बजेटमा कन्जुस्याई नगर्ने भन्दै उनले प्रदेश सरकारले डाक्टरलगायतका जनशक्ति सेवा करारमा व्यवस्था गरिदिने बचन दिए । भौतिक पूर्वाधारका लागि समेत आवस्यक बजेटको व्यवस्था गरिदिने उनको भनाइ छ ।

    शताब्दी पुरानो अस्पतालमा हालसम्म आइसीयु नहुनु दुखद भएको भन्दै मन्त्री दुलालले अस्पताल विकाश र सेवा विस्तारको लागि प्रदेश सरकारको ढोका सधै खुला रहेको बताएका थिए । उक्त अवसरमा मन्त्री दुलालले अस्पतालको विभिन्न कक्षको अनुगमन गर्नुका साथै संचालनको अवस्था बारे जानकारी लिंएका थिए भने पदाधिकारी तथा कर्मचारीलाई आवश्यक निर्देशन समेत दिएका थिए ।

    भक्तपुर स्थित मानव अंग प्रत्यारोपण केन्द्र र क्यान्सर अस्पतालमा आइसीयु भएपनि त्यो मेडिकल आइसीयु भने होइन । मेडिकल आइसीयु नहुँदा भक्तपुरका बिरामी धेरै पैसा तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य बन्दै आएका छन् भने कतिपय आपतकालीन बिरामीहरु समेत यसबाट पिडित बनेका छन् । मन्त्रीको प्रतिवद्धता प्रदेश सरकारको भक्तपुर प्रति प्रेमको नमूना भएको भन्दै अध्यक्ष सुवालले प्रेम दिवसमा यसलाई प्रदेश सरकारको प्रेमको उपहारको रुपमा आफूहरुले महसुस गरेको  प्रतिक्रिया दिए ।

    भक्तपुर अस्पतालको अवस्थाबारे मन्त्री दुलाललाई जानकारी दिंदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले यसलाई नमूना अस्पतालको रुपमा विकाश गर्नुपर्ने बताए । बजेटमा भन्दा नियतमा समस्या हुनेगरेका कारण भक्तपुर अस्पतालको प्रगती हुन नसकेको भन्दै उनले अहिलेको नेतृत्वले यसको विकाशमा योगदान गर्ने विस्वास व्यक्त गरे । उक्त अवसरमा नगरपालिकाको बिबिध गतिविधि बारे जानकारी गराउदै प्रमुख प्रजापतिले भने, ”भक्तपुरले सधै शिक्षा र स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रदेश अस्पताल भएपनि यसलाई नगरपालिकाको आवस्यक सहयोग रहने छ ।”

    सो अवसरमा भक्तपुर अस्पताल विकाश समितिका अध्यक्ष मिलन सुवालले भक्तपुर अस्पताललाई जनताको पहिलो रोजाइ बनाउन आफूहरु लागिपरेको बताएका थिए भने मेडिकल सुपरिटेन्टडेन्ट सुमित्रा गौतमले अस्पतालको भावी योजना सुनाएकी थिइन् । उक्त अवसरमा वडा नबर १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, अस्पतालकी मेट्रोन सावित्रा पौडेल, वडा सदस्य सूर्यप्रसाद श्रेष्ठ, नगरपालिकाकी प्रेस संयोजक कीर्तिका प्रजापति लगायत सहभागी रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...