News Portal

  • पढन्ते विद्यार्थी : घुमन्ते शिक्षक

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ फागुन
    १४९० पटक
    भक्तपुर, ४ फागुन

    जेन्युन स्कूलको किण्डरगार्टनमा पढ्ने प्रसिद्धिकालाई धेरै पुस्तक एकै ठाउँमा देख्दा बढो रमाइलो लागिरहेको थियो । जुन पुस्तक पल्टायो त्यहिँ उनलाई किनुकिनु लागेको थियो । तर, चाहेर पनि उनले सबै पुस्तक पाउने सम्भावना थिएन । त्यसैले सबैभन्दा उत्कृष्ट पुस्तक छान्न उनी व्यस्त थिइन् । बागीश्वरीकी एक विद्यार्थी त पुस्तक किन्ने पैसा नभएपछी आफूलाई मन परेको पुस्तकको पन्ना पल्टाउदै प्रदर्शनी स्थलमै पढेर बसेको भेटिइन ।

    यो भक्तपुर-१० कमलविनायकस्थित लामगाल चौरमा भएको पुस्तक प्रदर्शनीको दृश्य हो । आरम्भ नेपालको आयोजनामा शुक्रवारबाट शुरु भएको ३ दिने पुस्तक प्रदर्शनीको आइतवार अन्तिम दिन भएकोले अवलोकनकर्ताको उल्लेख्य उपस्थिति देखिन्थ्यो । प्राय: विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीयले अवलोकन गरेका प्रदर्शनीमा विद्यार्थीहरु आफूलाई मन परेको पुस्तक छान्न र किन्न उत्सुक देखिन्थे । स्थानीय अभिभावकहरु आफ्ना नानिबाबुलाई लिएरै पुस्तक किन्न स-परिवार प्रदर्शनी स्थल आएका थिए । आफ्नै घर अगाडी पुस्तक छान्न पाउनु अवसर भएको भन्दै उनीहरु खुशी देखिए ।

    प्रदर्शनीमा करिब ५ लाख रुपियाको पुस्तक खरिद बिक्रि भएको आयोजकले जनाएको छ । आयोजक सस्थाका अध्यक्ष बालकृष्ण बनमालाले विद्यार्थी भन्दा शिक्षकको पठन सस्कृती घटेको पाएको भन्दै दुख व्यक्त गरे । पठन सस्कृती विकाश गर्न आफूहरुले पुस्तक प्रदर्शनी आयोजना गरेको जानकारी गराउदै बनमालाले शिक्षकहरु पुस्तक नै नकिनी घुमेर फर्कने गरेको बताए । ”बरु विद्यार्थीहरुले कम्तिमा एउटा पुस्तक किनेर फर्किएको पाइयो ।” उनले भने ।

    प्रदर्शनीमा स्टल राखेर बसेका नेपाल प्रज्ञा प्रतिष्ठानका महेश्वर थापामगरका अनुसार पुस्तक प्रदर्शनी प्रकाशकहरुले सोचेको भन्दा राम्रो भएको छ । भक्तपुरमा राम्रा पाठकहरु भेटिएको भन्दै उनले खुशी व्यक्त गरे । प्रदर्शनीमा १५ वटा प्रकाशनका स्टल रहेका थिए । प्रदर्शनीबाट असन्तुष्ट प्रकाशन गृहका प्रतिनिधि भने भेटिएनन ।

    उक्त प्रदर्शनीमा पुगेका बागमती प्रदेश सभा सदस्य एवं नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाइले स्क्रिनमा रमाइरहेको पुस्तालाई पुस्तकका पन्नामा ल्याउनु अहिलेको चुनौती रहेको बताए । गहिरो अध्ययन र अनुभवपछि पुस्तक लेखिने हुँदा पुस्तकको पन्नाहरु ज्ञानले भरिएको हुने उनको भनाइ छ । पुस्तक नपढ्ने समाज अघि बढ्न नसक्ने उनले बताए ।

    शुक्रवार नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेंले उद्घाटन गरेको पुस्तक प्रदर्शनीको आइतवार नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनीधि सभाका सदस्य प्रेम सुवालले समापन गरेका थिए । समापन समारोहमा बोल्दै उनले थोरै समयमा धेरै कुरा थाहाँ पाउन पुस्तकको महत्वमाथि प्रकाश पारेक थिए । पुस्तकको भोक जगाउन पुस्तक प्रदर्शनीलाई निरन्तरता दिन जरुरी रहेको बताउदै उनले पठन सस्कृतीको विकाशमा यसले योगदान गर्ने बताए ।

    उक्त अवसरमा सांसद सुवालले प्रदर्शनीकै दौरान आयोजना गरिएको विविध प्रतिस्पर्धात्मक कार्यक्रमका बिजेताहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    सांसद सन्तोष परियार रास्वपाको केन्द्रीय सदस्य मनोनित

    santosh pariyar rabi

    भक्तपुरका नेता तथा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतकसमेत रहेका सांसद सन्तोष परियार पार्टीको केन्द्रीय समितिमा...

    स्पा सेन्टरका संचालक पौडेल पक्राउ

    रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तीमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका-९ रातोपुलस्थित नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरका...

    भक्तपुर नगरपालिकाले सम्पूर्ण लागत आफै व्यहोर्ने गरी बनाउँदैछ थन्थु दरवार

    पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाड्डको नेत्रित्वामा आएको एक टोलीले भक्तपुर नगरपालिकाको पुरानो नगरपालिका भवन रहेको...

    भक्तपुर केन्द्रबिन्दु भएर भूकम्प

    भक्तपुरमै केन्द्रबिन्दु गरी भूकम्प गएको छ । भक्तपुरको पलाँसे आसपास केन्द्रबिन्दु भएर मंगलवार राति करिब...

    गीत संगीतले संदेश दिन सक्नुपर्छ : सुनिल प्रजापति

    sunil prajapati bhaktapur

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गीत संगीतले समाजलाई संदेश दिन सक्नुपर्ने प्रष्ट पारेका छन् ।...