News Portal

  • सरकारले भक्तपुर खरिपाटीका त्रसित स्थानीयका लागि घरदैलो अभियान गर्दै

    भक्तपुरपोष्ट संवाददाता६ फागुन २०७६
    ६५९ पटक
    ६ फागुन २०७६

    काठमाडौं । सरकारले चीनको कोरोना प्रभावित क्षेत्रबाट ल्याइएका १ सय ७५ जना नेपाली राखिएको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रमा  घरदैलो अभियान शुरु गरेको छ । खरिपाटीमा क्वारेन्टाइन स्थल बनाउन शुरु गर्दादेखि नै आफूहरुमा भाइरसको संक्रमण फैलिने त्रासमा स्थानीयले विरोध गरीरहेकाले जिल्ला प्रशासन कार्यालय भक्तपुरले घरदैलो अभियान शुरु गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछाने, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना वीरदल गणका गणपति महासेनानी शिव पौडेल, सशस्त्र प्रहरी गुहेश्वरी गण दुवाकोटका सशस्त्र प्रहरी उपरीक्षक विश्वराज भट्टराईलगायत संयुक्त सुरक्षाकर्मीको टोली यतिबेला भक्तपुरको स्थानीयको घर–घरमा पुगेर कोरोना भाइरसको विषयमा सचेतनामूलक अभियान गरीरहेका छन् ।

    घरदैलो अभियानमा खटिएकाहरुले खरिपाटी, बाँसघारी क्षेत्रका बासिन्दालाई कोरोना भाइरसको जोखिम न्यूनीकरण, बच्ने उपाय र क्वारेन्टाइनमा रहेका नेपालीको सुरक्षित अवस्थाका बारेमा जानकारी गराउँदै हिडेको छ ।

    स्थानीय सरकारले खरिपाटी क्षेत्रका बासिन्दामा कोरोनाको त्रास कम गराउन स्थानीयकै लागि छुट्टै हेल्थ डेस्क समेत स्थापना गरिएको छ ।खरिपाटी क्षेत्रका स्थानीयका लागि राखिएको हेल्थ डेस्कमा दैनिक निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरणको व्यवस्था समेत गरिएको छ ।

    चीनको उहानबाट फर्काएर खरिपाटीस्थित क्वारेन्टाइनमा राख्दा सङ्क्रमणको त्रासले स्थानीयवासीले घर छाड्न थालेपछि सरकारले स्थानीयवासीलाई त्रासबाट मुक्त बनाउन र दैनिक जीवनयापनमा सहज बनाउन घरदैलो अभियान शुरु गरिएको महासेनानी शिव पौडेलले बताए ।सरकारले आफुहरुलाई सचेतना नै नदिइ क्वारेन्टाइन स्थाल बनाउदा आफुहरु त्रासमा रहेको स्थानीय राजाराम भण्डारीले बताए ।

    सरकार आफैँले यहाँका बासिन्दालाई आतङ्कित बनायो, लुकेर क्वारेन्टाइन बनाउँदा यो समस्या आएको हो, शुरुमै यहाँका जनतालाई तथ्य कुरा जानकारी गराएको भए, चेतना अभिवृद्धि गरेको भए र स्थानीयवासीसँग बेलाबेलामा अन्तरक्रिया गरेको भए कुनै पनि विरोध आउँदैनथ्यो,’ भण्डारीले भने, ‘अब घरदैलो कार्यक्रम दिएर ढिलै भनेपनि सचेतना दिन आउनुभएको छ । स्थानीयको त्रास अब कम हुन्छ ।’

    सरकारले खरिपाटीका स्थानीयलाई सचेतना अभियान शुरु गरेपछि यसअघि बिरोध जनाएका स्थानीयहरु खुसी भएका छन् । सरकारले चीनको उहानबाट उद्धार गरेर ल्याएका १ सय ७५ जनालाई खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा राखेको छ ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...