News Portal

  • अन्तर नगर एथलेटिक्स प्रतियोगिताबाट नगरपालिकाबीच मैत्री सम्बन्ध मजबूत बन्दछ : संयोजक खत्री

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ फागुन
    २०५९ पटक
    भक्तपुर, ७ फागुन

    (हरेक बर्ष कुनै एक खेलको अन्तर नगर खेलकुद प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता अनुरुप यो वर्ष भक्तपुर नगरपालिकाले फागुन ८ गते देखि १२ गते सम्म अन्तर नगर एथलेटिक्स प्रतियोगिताको आयोजना गरेको छ । प्रस्तुत छ उक्त प्रतियोगिताबारे नगरपालिकाका युवा तथा खेलकुद समिति संयोजक श्यामकृष्ण खत्रीसंग गरिएको कुराकानीको सारसंक्षेप ।)

    अन्तर नगर एथलेटिक्स प्रतियोगिताको तयारीबारे बताइदिनोस न !

    हामीले सम्पूर्ण तयारी पूरा गरेका छौं । विहीवार बिहान ७ बजे प्रतियोगिताको उद्घाटन र्याली गरिनेछ । दत्तात्रयबाट सुरु भई र्यालीले नगर परिक्रमा गर्नेछ । वडा नम्बर २ स्थित सहिद स्मृति खेल मैदानमा नेपाल मजदुर किसान पार्टीका श्रद्धय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्रतियोगिताको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । उद्घाटनसंगै प्रतियोगिता शुरु हुनेछ ।

    नगरपालिकाले अन्तर नगर एथलेटिक्स प्रतियोगिता गर्नुको कारण के हो ?

    हामीले शहिद दिवसको अवसर पारेर प्रत्यक वर्ष खेलकुद प्रतियोगिता संचालन गर्दै आएका छौं । हाम्रो कार्यकालको अघिल्ला वर्षमा हामीले अन्तर नगर भलिबल र कराते प्रतियोगिता संचालन गरिसकेका छौं । यो वर्ष फरक खेलकोरुपमा हामीले एथलेटिक्सलाई रोजेका हौँ । यो खेलमा खेलाडीको आकर्षण बढाउँन र राष्ट्रिय खेलाडी उत्पादनमा योगदान गर्न सकियोस भन्ने हाम्रो उदेश्य हो । आफ्नै शरिरको क्षमताको आधारमा खेलिने यस खेलको प्रवर्द्धनले स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने हाम्रो बुझाइ छ । यस खेलमा युवा पुस्तालाई आकर्षण गर्न सके कुलतमा फस्ने र अपराधमा संलग्न हुने कुरालाई नियन्त्रण गर्न सकिने समेत हाम्रो विस्वास छ ।

    नगरपालिकाले पहिलोपटक अन्तर नगर एथलेटिक्स प्रतियोगिता गर्दैछ । प्राविधिकरुपमा नगरपालिका कत्तिको सक्षम रहेको छ ?

    हामीलाई जिल्ला एथलेटिक्स संघको साथ् रहेको छ । उहाँहरुले केन्द्रसँग पनि सहजीकरण गरिरहनुभएको छ । खेलसामाग्री देखि नियमहरुमा पनि मापदण्ड अनुसार गरिने तयारी छ । यस प्रतियोगिताबाट राष्ट्रिय खेलाडीको पहिचान गरिने हुँदा पनि नगरपालिकाले मात्र नभई एथलेटिक्स संघले समेत यसलाई अवसरको रुपमा लिई प्राविधिकरुपमा कुनै कम्प्रमाइज गरिएको छैन ।

    प्रतियोगिता कहिलेसम्म चल्नेछ र कति खेलाडी सहभागी हुनेछन ?

    यो प्रतियोगिता ८ गते देखि १२ गते सम्म हुनेछ र यसमा करिब ७ सय खेलाडी सहभागी हुनेछन ।

    ८ गते देखी १२ गते सम्म हुने यस प्रतियोगितामा कुन कुन नगरपालिका सहभागी हुदैछन् ?
    अन्तरनगर एथ्लेटिक्स प्रतियोगितामा घोराही उपमहानगरपालिका– दाङ, ललितपुर महानगरपालिका– ललितपुर, चाँगुनारायण नगरपालिका– भक्तपुर, रामेछाप नगरपालिका– रामेछाप, किर्तिपुर नगरपालिका–किर्तिपुर, शंखरापुर नगरपालिका– काठमाडौं, मनोहरा कागेश्वरी नगरपालिका–काठमाडौं, मध्यपुर थिमी नगरपालिका– भक्तपुर, चौडण्डीगढी नगरपालिका–उदयपुर, टोखा नगरपालिका–काठमाडौं, भक्तपुर नगरपालिका, साँगाचोक चौतारा गढी नगरपालिका– सिन्धुपाल्चोक, मन्थली नगरपालिका– रामेछाप, भरतपुर महानगरपालिका–चितवन, रत्ननगर नगरपालिका– चितवन, विदुर नगरपालिका–नुवाकोट गरी १६ वटा नगरपालिकाको सहभागिता रहनेछ ।

    नगरपालिकाको संख्याको आधारमा सहभागीता कम भएन र ? यसको कारण के होला ?

    हो, नगरपालिकाको संख्याको आधारमा सहभागीता कम नै हो । तर, हामीले अनुरोध गर्ने हो । सहभागी हुने/नहुने उहाँहरुकै इच्छा हो । कतिपय नगरपालिकाले खेलाडी अभावका कारण सहभागी हुन नसक्ने जानकारी प्राप्त भएको छ भने कतिपयले छोटो अवधी भएका कारण खेलाडी छनौट गर्न नसकिएको भन्नुभएको छ । धेरैजसो नगरपालिकाले खेलकुद समिति नै बनाएको छैन । जसले गर्दा खेलकुदमा भाग लिने तत्परतामा कमि देखिएको छ । आगामी वर्षहरुमा हामी प्रतियोगितामा बढी भन्दा बढी नगरपालिका सहभागी गराउने प्रयास गर्नेछौ ।

    एथलेटिक्स प्रतियोगितामा कस्ता खेलहरु हुन्छन र कहाँ गर्ने तय गरिएको छ ?
    प्रतियोगितामा फिल्ड इभेन्ट्स अन्तर्गत सटपुट, लङ जम्प, ज्याभलिन थ्रो, डिसक्रस थ्रो, हाइ जम्प, ट्रिपल जम्पमा प्रतिस्पर्धा हुनेछ भने ट्रयाक इभेन्ट्सअन्तर्गत १ सय मिटर, २ सय , ४ सय , ८ सय १५सय त्यसैगरी ५ हजार र १० हजार मिटरको दौड प्रतियोगिता रहन्छ ।

    त्यतिमात्र होइन, ४२.१९५ कि.मी (म्याराथुन), २१.०९ कि.मी (हाफ म्याराथुन) र रिले सहितका खेलहरू समावेश छन् ।

    यो वर्षको खेलकुद प्रतियोगिता सिद्धपोखरीको उत्तरतर्फको खेलमैदान र पश्चिमतर्फको खेलमैदानमा हुनेछ । यसका लागि नेपाली सेनासंग पनि हामीले सहमति गरिसकेका छौं ।

    बाहिरबाट आउने खेलाडी व्यवस्थापन कसरी गारिएको छ ।
    उहाँहरुलाई बस्नको लागि हामीले होटलहरुसंग समन्वय गरेका छौ । भक्तपुर घुम्न चाहनेहरुको लागि हामीले निशुल्क मोटरको व्यवस्था गरेका छौ । उहाँहरुलाई कुनै असुविधा नहोस भन्ने कुरामा हामी सचेत छौं । खेलाडीहरुको खानपान देखि अन्य व्यक्तिगत दायित्व सम्बन्धित नगरपालिकाकै रहेको छ ।

    यस प्रतियोगिताबाट भक्तपुरलाई के फाइदा हुन्छ ?
    यसबाट भक्तपुरको प्रचारप्रसार त हुन्छ नै, अन्तर नगर आपसी भाइचारा एवं मैत्री सम्बन्ध समेत मजबूत बन्दछ । देशलाई नै राष्ट्रिय खेलाडी दिने लक्ष रहेकोले भक्तपुरलाई फाइदा नहुने कुरै भएन ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...