News Portal

  • सूर्यविनायकले सामुदायिक र निजी विद्यालय बीच विभेद गर्दैन : उपमेयर बस्नेत

    भक्तपुरपोस्ट संवाददाता सूर्यविनायक, १० फागुन
    १८२६ पटक
    सूर्यविनायक, १० फागुन

    सूर्यविनायक नगरपालिकाकी उपमेयर जुना बस्नेतले सामुदायिक र निजी विद्यालयबीच विभेद नगर्ने बताएकी छन् । नगरपालिका सबै विद्यालयको अभिभावक भएको भन्दै बस्नेतले सबै विद्यालयलाई समान व्यवहार गरिने बताएकी हुन् ।

    शनिवार सूर्यविनायक प्याब्सनद्वारा आयोजित ‘विज्ञान प्रदर्शनी’ का बिजेताहरुलाई पुरस्कार वितरण गर्न प्रमुख अतिथिको रुपमा उपस्थित उपप्रमुख बस्नेतले भनिन, ”सूर्यविनायक नगरपालिकाले कसैलाई काखा र कसैलाई पाखा गर्दैन । नगरपालिकाको लागि सबै विद्यालय बराबर छन् ।”

    कमजोर रहेका सामुदायिक विद्यालयलाई उकास्न नगरपालिकाले ल्याउने नीति निजीको विरुद्धमा नभएको उनले जिकिर गरिन् । सूर्यविनायक नगरपालिकाले शिक्षालाई महत्व दिएर ऐन कानुन बनाएको भए पनि कर्मचारीका कारण त्यसलाई प्रभावकारी कार्यान्वयन गर्न नसकिएको उनको आरोप छ । ”ऐनकानुन भएपनि कर्मचारीका कारण व्यवहारमा प्रयोग हुन नसक्दा शिक्षामा सोचे जस्तो प्रतिफल पाउन नसकिएको उनको भनाई छ ।

    उपप्रमुख बस्नेतले प्याब्सनको सहकार्यमा सूर्यविनायकलाई शैक्षिक गन्तव्यको रुपमा बिकाश गर्न सकिने योजना अघि सारिन् । ”यहाँबाट अन्यत्र पढ्न जाने होइन, अन्तबाट यहाँ पढ्न आउने बातावरण बनाऔं । त्यसको लागि कहाँ के गर्नुपर्छ, नगरपालिकाले गर्छ ।” उनले उद्घोष गरिन् ।

    जनाताको हरेक सानातिना समस्या समेत सम्बोधन गर्नुपर्ने दायित्वका कारण दीर्घकालीन महत्वका योजना ओझेलमा परेका खुलासा गर्दै उपप्रमुख बस्नेतले शिक्षामा लागेका अभियन्ताहरुले जनप्रतिनिधिको व्यस्तता बुझिदिने र असमझदारी बढाउनुको साटो समस्याको समाधान दिने तर्फ सचेत भएर लाग्ने विस्वास व्यक्त गरिन् ।” नगरपालिका बलियो प्याब्सन चाहन्छ । प्याब्सन बलियो हुँदा हाम्रो शिक्षा पनि बलियो बन्छ ।” उनले भनिन् । प्याब्सनले विद्यालय शिक्षामा मात्र नभएर उच्च शिक्षामा समेत लगानी गर्न उनले सुझाव समेत दिएकी थिइन् ।

    उक्त अवसरमा सूर्यविनायक प्याब्सनका अध्यक्ष सानुराजा कार्कीले निजी विद्यालयका संचालकहरुलाई व्यापारीको नजरले हेर्नु नहुनेमा जोड दिएका थिए । आफूहरुले राज्यले गर्नुपर्ने काम गरिरहेको भन्दै कार्कीले शिक्षाको चिन्ता र चिन्तन गर्नुपर्ने विद्यालय संचालकहरुले लगानीको समेत चिन्ता गर्नुपर्ने बातावरण बनाइनु नहुने बताए ।

    नगरपालिकाको उदेश्य अनुरुप शैक्षिक योजना र कार्यसम्पादनमा प्रतिवद्धता प्रकट गर्दै अध्यक्ष कार्कीले समन्वय र सहकार्य नै सूर्यविनायकको शैक्षिक प्रगतीको आधार भएको भनेका थिए ।

    बालकोटस्थित माउन्ट भ्यू इंगलिस बोर्डिंग स्कूलमा आयोजित उक्त कार्यक्रममा केन्द्रीय प्याब्सनको सल्लाहकार समेत रहेका विद्यालयका सस्थापक प्रिन्सिपल राजकुमार महर्जन, विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्याम महर्जन, नगर प्याब्सनका पदाधिकारी, बिभिन्न विद्यालयका विद्यार्थी,अभिभावक एवं शिक्षकहरुको उपस्थिति रहेको थियो ।

    उक्त अवसरमा शुक्रवार देखि संचालित विज्ञान प्रदर्शनीमा प्रथम हुने आदर्श जनप्रेमी स्कूल, द्वितीय हुने प्रेसियस बी टिम र तृतीय हुने मनोरम स्कूल र विद्यार्थीलाई नगद, मेडल र ट्रफी प्रदान गरिएको थियो भने रेन्बो स्कूलले सान्त्वना पुरस्कार पाएको थियो । पन्ध्र विद्यालय बीच भएको प्रतिस्पर्धामा आयोजक विद्यालय माउन्ट भ्यूले भने प्रतिस्पर्धामा भाग लिएको थिएन । कार्यक्रममा माउन्ट भ्यूका विद्यार्थीहरुले विविध रचनात्मक एवं मनोरन्जनात्मक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...