News Portal

  • अमेरिका थुरथुर भएको छ : थापामगर

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १३ फागुन
    ३२२८ पटक
    भक्तपुर, १३ फागुन

    संबिधान सभा सदस्य समेत रहेकी नेपाल मजदुर किसान पार्टीकी केन्द्रीय सदस्य अनुराधा थापामगरले नेमकिपाका कारण अमेरिका थुरथुर भएको भनेकी छन् ।

    मंगलवार काठमाडौस्थित अमेरिकी राजदुतावास अघि विरोध सभालाई सम्बोधन गर्दै उनले भनिन्, ” अमेरिका बिरोधी नेपाली जनलहर देखेर ओली सरकार र अमेरिकी दुतावास मात्र होइन, ह्वाइट हाउस पनि थुरथुर भएको छ । यहाँ तैनाथ सुरक्षाकर्मी त्यसको प्रमाण हो ।”

    मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी ) को बिरोध गर्न नेमकिपाले अमेरिकी दुतावास अघि गरेको बिरोध सभामा बोल्दै थापामगरले एमसीसी पास गराउने प्रधानमन्त्री लगायतको भनाइ प्रति आपत्ति जनाइन् । एमसीसी देश बिरोधी संझौता भएको भन्दै उनले एमसीसी नरोके नेपाली जनताको बिद्रोहलाई कसैले रोक्न नसक्ने चेतावनी दिइन । एमसीसीका नाममा नेपाल पस्न खोजेको अमेरिकालाई नरोके नेपालमा अमेरिकी सेना परेड खेल्ने उनको जिकिर छ ।

    उनले एमसीसी फिर्ता लैजान अमेरिकी राजदुत बेरीलाई अझै मौका रहेको भन्दै अन्यथा जनविद्रोहको आधिबेहरीले अमेरिकी साम्राज्यबादलाई परास्त गर्ने बताइन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...