News Portal

  • नेपाल सरकार जिन्दावाद, नेपाल आर्मी जिन्दावाद! भन्दै १७५ जना क्वारेन्टाइनबाट विदा

    भक्तपुरपोष्ट संवाददाता१९ फागुन २०७६
    १२९० पटक
    १९ फागुन २०७६

    भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर क्वारेन्टाइनमा राखिएका १७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।१४ दिनसम्म क्वारेन्टाइनमा राखेपछि उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।

    चीनको वुहानमा कोरोना संक्रमण फैलिएपछि सरकारले त्यहाँ रहेका १७५ जनालाई ४ फागुनमा उद्दार गरेको थियो । उनीहरुलाई भक्तपुर, खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो ।नेपाल ल्याए लगतै गरिएको परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आएको थियो ।

    सोमबार विहानदेखि सबैलाई कतिबेला रिपोर्ट आउँछ भन्ने कुराले अत्याएको थियो। रिपोर्ट लिएर स्वास्थ्य राज्यमन्त्री नवराज रावतसहित, भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे तथा क्वारेन्टाइनको स्वास्थ्य जिम्मेवारी सम्हालेको नेपाली सेनाको टोली सोमबार दिउँसो क्वारेन्टाइनस्थल पुगेको थियो।

    क्वारेन्टाइन परिसरमा सबैजनालाई जम्मा पारियो। उनीहरु भेला हुँदा होर्डिङ बोर्डबाट सबैजना स्वास्थ्य रहेको सन्देश सम्प्रेषित भइसकेको थियो। त्यसमा लेखिएको थियो, ‘खरिपाटी क्वारेन्टाइन स्थलमा १४ दिन बिताउनुहुने सम्पूर्ण महानुभावहरुलाई सुस्वास्थ्य तथा दीर्घायुको कामनासाथ विदाई गर्दछौं।’

    लगत्तै नेपाली सेनाको स्वास्थ्यकर्मी टोलीको नेतृत्व गरिरहेका नवीन फुयालले पनि सबैजनाको रिपोर्ट नेगेटिभ रहेको सुनाए। सबैले खुसीले ताली बजाए। एक आपसमा खुसी साटे। कति घरपरिवारमा खबर पठाउन फोन गर्न थाले। कति सामूहिक तस्बिर खिच्न त कति सामाजिक सञ्जालमा अपडेट गर्नतिर लागे।

    सबैलाई विदाई गर्दा स्वास्थ्य राज्यमन्त्री रावत पनि खुसी देखिए। उनले भने, ‘यो सरकारका निम्ति एकदमै खुसियालीको दिन हो। चीनमा हुँदा तपाईंका अभिभावकहरु मन्त्रालयको ढोका घच्घचाउन पुगेको मलाई अहिले पनि याद छ। हामीले सरकार, मन्त्रालय जिम्मेवार छ, तत्काल ल्याउँछौं भनेका थियौं,’ उनले भने, ‘तपाईंहरुलाई आज स्वस्थ्य रुपमा विदाई गर्न पाउँदा हर्षित छौं।’

    घर जान चाहनेहरुलाई बल्खु, सुन्धारा, नयाँ बसपार्क तथा कलंकीसम्म क्वारेन्टाइनकै बसले पुर्‍याइदिने व्यवस्था गरिएको थियो । क्वारेन्टाइनबाट निस्किँदै गर्दा उनीहरुले नारा लगाए, नेपाल सरकार जिन्दावाद, नेपाल आर्मी जिन्दावाद!

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...