News Portal

  • शिवराज नपामा आधारभूत तह उत्तीर्ण परीक्षामा होम सेन्टर

    सीताराम चौधरी /कपिलवस्तु२२ फागुन २०७६
    ८८२ पटक
    २२ फागुन २०७६

    कपिलवस्तुको शिवराज नगरपालिकामा यही फागुन २८ गतेदेखि संचालन हुने कक्षा ८को आधारभूत तह उत्तीर्ण परीक्षा होम सेन्टरमा हुने भएको छ ।

    बिहीबार आधारभूत तह उत्तीर्ण परीक्षा समितिको आकस्मिक बैठकले पूर्व निर्धारित परीक्षा केन्द्रहरु रद्द गरी सम्बन्धित विद्यालयमा परीक्षा केन्द्र कायम गरेको हो । बैठकले सम्बन्धित विद्यालयको प्रधानाध्यापकलाई नै केन्द्राध्यक्ष तोक्ने निर्णय गरेको शिवराज नगरपालिका शिक्षा, युवा तथा खेलकूद शाखा अधिकृत पूर्णबहादुर विश्वकर्माले जानकारी दिए ।

    कोरोना भाइरसको उच्च जोखिममा नेपाल रहेकाले सरकारले ठूला भिडभाड, जमघट नगर्न चेतावनी जारी गरेको छ । विद्यालयको बार्षिक परीक्षा आ–आफ्ना स्थानीय तहले फरक फरक समयमा सञ्चालन गर्न सक्ने कानुनी व्यवस्था छ । कोरोना भाइरसको त्रासका कारण पूर्व निर्धारित परीक्षाकेन्द्र रद्द गरी सम्बन्धित विद्यालयमा परीक्षा केन्द्र कायम गरेको शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख लोकराज पन्थीले बताएका छन् ।

    “असहज परिस्थिति सिर्जना भएका कारण परीक्षा केन्द्र हेरफेर गरेका हौं” –उनले भने ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...