News Portal

  • गोल्डेन गेटमा ‘डिकेड् चाइल्ड राइट्स हीरोको निर्वाचन’ सम्पन्न

    भक्तपुरपोष्ट संवाददाता२६ फागुन २०७६
    ११६७ पटक
    २६ फागुन २०७६

    भक्तपुर । महाकालीस्थान, भक्तपुरस्थित गोल्डेन गेट ईङ्गलिश सेकण्डरी स्कूलमा आज स्वीडेनमा मुख्यालय रहेको वर्ल्डस् चिल्ड्रेन्स प्राइज् (डब्लूसीपी) अन्तर्गतको विश्वव्यापी ‘डिकेड चाइल्ड राइट्स हीरो निर्वाचन’ कार्यक्रम सम्पन्न भएको छ । यो पुरस्कार बालबालिकाको क्षेत्रमा नोबेल पुरस्कारको रुपमा सुप्रसिद्ध छ ।

    कक्षा ४ देखि १० सम्मका १० वर्ष वा सो भन्दा बढी उमेर समुहका जम्मा १५६ जना विद्यार्थीहरुले बालअधिकारको क्षेत्रमा अन्तर्राष्ट्रीय स्तरमा उल्लेखनीय योगदान पुर्याई डब्लूसीपीको नोमिनेशनमा पर्न सफल ८ जना चाइल्ड राइट्स हीरोहरु मध्ये आफुलाई सबैभन्दा प्रभावशाली लागेको व्यक्तित्वलाई डिकेड चाइल्ड राइट्स हीरोको रुपमा चयन गरी मतदान गरेका हुन् ।

    निर्वाचनको सम्पूर्ण व्यवस्थापन डब्लूसीपीका गोल्डेन गेट चाइल्ड राइट्स एम्बेसडरहरु ईशान लाखाजू र जननी कुम्पाख तथा अन्य स्वयंस्वेवक विद्यार्थीहरुले गरेका थिए । निर्वाचन अघि नोमिनेशनमा परेका हीरोहरुका विषयमा एम्बेसडर तथा स्वयंसेवकहरुले चरणबद्ध रुपमा जानकारी प्रदान गरेका थिए भने डब्लूसीपीद्वारा प्रकाशित म्यागेजिन तथा इन्टरनेटको माध्यमबाट पनि विद्यार्थीहरुले यथेष्ट जानकारी हासिल गरेका थिए ।

    विद्यार्थीहरूको अत्यन्त उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रमले लोकतान्त्रिक अभ्यास, बालअधिकार, पारदर्शिता, उत्तरदायित्व वहन, आदिको प्रायोगिक शिक्षा दिएको र एकजना मान्छेको सपना, संकल्प र योगदानले बालबालिकाहरूको जीवन र सिङ्गो मानव जगतमा कस्तो फरक पार्न सक्छ भन्ने कुराको जीवन्त उत्प्रेरणा दिएको कुरा विद्यालयका डब्लूसीपी संयोजक तथा सीईओ शिव श्रेष्ठ बताउँछन् ।

    यो कार्यक्रममा सन २००० देखी संसारभरीबाट ११७ वटा देशका ७२००० विद्यालयहरुबाट ४४ मिलियन विद्यार्थीहरु सहभागी भएका छन भने हरेक वर्ष चाईल्ड राईट्स् हिरो र हरेक १० वर्षमा डिकेड चाईल्ड राईट्स् हिरो छानिने गर्दछ । सन २०१० मा नेल्सन मण्डेला तथा ग्रका मेचलले डिकेड चाईल्ड राईट्स् हीरोको उपाधी प्राप्त गरेका थिए भने यसवर्ष विगतमा चाईल्ड राईट्स् हीरोको उपाधी हासिल गरीसकेका ८ जना हीरोहरुबीच डिकेड चाइल्ड राइट्स हीरोको निर्वाचन हुँदैछ । नेपालमा यो कार्यक्रमको संयोजन माईती नेपालले गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...