News Portal

  • सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएकाको सूची सार्वजनिक : हेर्नुस् भक्तपुरबाट बेपत्ता हुनेहरु

    तारा अधिकारी निकिसा / भक्तपुर पोस्ट भक्तपुर ४ फागुन
    ६६३५ पटक
    भक्तपुर ४ फागुन

    १० वर्षे सशस्त्र द्वन्द्वको बेलामा बेपत्ता पारिएका व्‍यक्तिको छानविन गर्न गठित आयोगले बेपत्ताहरुको सूची सार्वजनिक गरेको छ । सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिहरुको सूची सार्वजनिक भएको हो ।

    बेपत्ता छानविन आयोगले २ हजार ५ सय ६ जनाको नाम सार्वजनिक गरेको छ। उजुरीको आधारमा बेपत्ताहरुको सूची सार्वजनिक गरिएको आयोगले बताएको छ । नेपालमा राज्य पक्ष र तत्कालिन नेकपा (माओबादी) बीच बिक्रम सम्बत २०५२ सालदेखि शुरु भएको सशस्त्र द्वन्द्व अन्त्य भएको १३ वर्षपछी द्वन्द्वकालिन मुद्दा किनारा लगाउने उदेश्य सहित गठित आयोगले बेपत्ताको नामावली सार्वजनिक गर्न सफल भएको हो ।

    सार्वजनिक भएका बेपत्ताको सूचीमा भक्तपुरबाट ११ जनाको नाम रहेको छ । त्यसमध्ये आयोगले को राज्यपक्षबाट र को बिद्रोही पक्षबाट बेपत्ता पारिएका भन्ने खुलाएको भने छैन । बेपत्ताको उजुरी सबैभन्दा बढी रहेको जिल्लामा बर्दिया देखिएको छ । बर्दियामा २ सय ५४ जना बेपत्ता भएको उजुरी परेको छ । बेपत्ता भएको उजुरी दिनेको नाम भने आयोगले गोप्य राखेको छ । श्रोतका अनुसार भक्तपुरबाट उजुरी परेका मध्ये छ जनाका आफन्तले राज्यले बेपत्ता बनाएको भन्दै उजुरी दिएका हुन् भने अन्य पाँचका आफन्तले बिद्रोही पक्षले बेपत्ता बनाएको आरोप लगाएका छन् ।

    हेर्नुस् भक्तपुर बाट बेपताको सूचीमा परेका व्यक्तिहरुको नामावली

    संकेत नम्बर:  नाम  तत्कालिन ठेगाना
    १७४२ अच्यूतप्रसाद पौडेल  सारदाबतासे ८
    १७४३  गंगाराम श्रेष्ठ : सिर्जनानगर १७
    १७४४  दिपक बास्तोला : चाँगुनारायण १४
    १७४५  दुर्गा बिसुंखे         : सूर्यविनायक ४
    १७४६  पुरुसोत्तम बस्नेत : थिमी ३
    १७४७  बद्रीनारायण त्वायना: भक्तपुर१३
    १७४८ वासुदेव चवाल :सूर्यविनायक ४
    १७४९  राजेन्द्र माली: भक्तपुर १७
    १७५० सत्यनारायण प्रजापति : भक्तपुर २
    १७५१ सानुराजा खत्री : सूर्यविनायक ७
    १७५२ सुरेन्द्र केसी : सूर्यविनायक १०

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...