News Portal

  • दुई महिना अघि बलात्कार गरेको अभियोगमा ताथलीबाट युवक पक्राउ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ फागुन
    १२८३ पटक
    भक्तपुर, ४ फागुन

    चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा रहेको हनुमान ईट्टाभट्टामा काम ३० वर्षिय युवक पक्राउ परेका छन् । बलात्कारको अभियोगमा युवक सुरेश बादी पक्राउ परेका हुन् ।

    दाङको तुल्सीपुर नगरपालिका वडा नं. ४ घर भै उक्त ईट्टाभट्टामा लामो समय देखि काम गर्दै आएका बादीमाथि एक १७ वर्षिया युवतीले बलात्कारको उजुरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    बादीले बर्ष १७ की महिलालाई डर, धाक, धम्की दिई जवरजस्ती करणी गरेको उजुरी परेका कारण उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी दिपक गिरीले पुस्टि गरे । १७ वर्षिया महिलालाई दुई महिना अघि डर, धाक, धम्की दिई बादीले जवरजस्ती करणी गरेको अभियोग लागेको छ । महिलाले उजुरीमा बताए अनुसार उनको २ महिनाको गर्भ समेत रहन गएको छ ।

    दुई महिना अघि जबर्जस्ती करणी गरी गर्भ समेत रहेको भन्दै मंगलवार उजुरी परेपछि प्रहरीले वादीलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको बताइएको छ । ”किटानी जाहेरी
    दरखास्तको आधारमा बादीलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।” डीएसपी गिरीले भने ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...