News Portal

  • ३ वटा शिलान्यास गर्दै सांसद बस्नेतले भने : जता हेर्यो उतै विकाश

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ चैत
    ९३४ पटक
    भक्तपुर, ५ चैत

    पूर्व उद्योगमन्त्री तथा प्रतिनिधि सभाका सांसद महेश बस्नेतले एकैदिन ३ वटा आयोजनाको शिलान्यास गरेका छन् । बुधवार उनले सांसद कोषको बजेट उपयोग हुनेगरी ३ आयोजनाको शिलान्यास गरेका हुन् ।

    उनले रु २५ लाख लागतमा निर्माण हुने सूर्यविनायक ९ स्थित तल्लो खत्री गाउँ देखी ट्रष्ट पुल जाने बाटोमा सिँढी निर्माणको शिलान्यास गरे भने सोही वडाको पर्यटकीय स्थलको रुपमा रहेको सूर्यमोडमा २० लाखको लागतमा बन्ने सामुदायिक भवन शिलान्यास गरे । त्यसैगरी सांसद बस्नेतले रु २० लाखको लागतमा पाण्डुबजार गेट निर्माण कार्यको समेत शुभारम्भ गरे । उक्त तीन वटै आयोजनाहरु आगामी आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको उनका स्वकीय सचिव दिनेश थापाले जानकारी दिए ।

    उक्त अवसरमा सांसद बस्नेतले भक्तपुरलाई बिकाशको मोडेलको रुपमा प्रस्तुत गर्ने आफ्नो प्रयास रहेको जिकिर गर्दै भक्तपुरले समग्र बिकाशको लिड गर्ने बताए ।”भक्तपुरभरी विकासको बाढी नै आएको छ । सडक, खानेपानी, ढल, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा आमुल परिवर्तन हुँदै गएको छ । पलाँसे–डोलेश्वर सडक कालोपत्रे सम्पन्न हुने तयारीमा रहेको, डोकेखोला–त्रिवेणी खोलालागतका ठाउँहरुमा ठूला साना गरी १६ वटा पुलहरु निर्माण तथा उद्घाटनको चरणमा रहेका छन् । जता हेर्यो उतै विकाश देख्न सकिन्छ ।” सांसद बस्नेतले बताए ।
    ”विकास भक्तपुरमा मात्र भएको हैन, मुलुकभर भएका छन् । भक्तपुरमा केही मात्रामा अलि बढी भएका छन् तर विकासले मुलुकभर व्यापकता छाएको छ । सरकारले विकाश निर्माणको क्षेत्रमा फड्को मारेको छ ।” उनले भने ।

    उक्त अवसरमा सांसद बस्नेतले सूर्यविनायक धुलिखेल सडकलाई ६ लेनको बनाउने प्रकृया अघि बढिसकेको जानकारी गराउँदै बाटो बिस्तार संगै अवसरहरु खुल्ने दावी गरेक थिए । अरनिको राजमार्गमा हुने दुर्घटना न्युनिकरण, अपराधिक गतिविधि न्युनिकरण सुरक्षित सडक अवधारणा अघि सारिएको भन्दै उनले सुरक्षित अरनिको राजमार्ग बनाउने अभियानमा सबै एक भएर लाग्नुपर्ने आवस्यकता समेत औल्याए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...