News Portal

  • भक्तपुर नगरपालिकाले नगरवासीलाई मास्क, पञ्जा, स्यानिटाइजर लगायत उपलब्ध गराउने

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, ९ चैत
    ६५२१ पटक
    भक्तपुर, ९ चैत

    विश्वव्यापी महामारीका रुपमा देखा परेको कोरोना भाइरस संक्रमण (कोभिड १९) को संक्रमणबाट बचाउन भक्तपुर नगरपालिकाले मास्क, पञ्जा, स्यानिटाइजर, स्प्रे पम्प, प्लास्टिक, साबुन (झोल साबुनसमेत), थर्मल गन, धाराको टुटीसहित ५०० लिटरको पानी ट्यांकीलगायत खरिद गरी वितरणको व्यवस्था मिलाउने भएको छ ।

    भक्तपुर नगरपालिका नगर विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आइतवार बसेको विपद व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । अत्यावश्यक सामाग्री नगरपालिकाले खरिद गरी प्रत्येक वडा मार्फत वितरणको व्यवस्था मिलाउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।जोखिमका बाबजुद अत्यावस्यक सामग्री बजारमा नपाइएको जनताको गुनासोपछि नगरपालिकाले सोको व्यवस्था गर्ने निर्णय भएको हो ।

    कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न अति आवश्यक कामका लागि नगरपालिका कार्यालय, वडा कार्यालय र नपाअन्तर्गत सञ्चालित विभिन्न कार्यालयमा प्रवेश गर्ने नागरिकहरुलाई साबुन पानीले हात धोएर र स्यानिटाइजर प्रयोग गरेर मात्रै प्रवेशको व्यवस्था मिलाइने समेत निर्णय भएको बताइएको छ ।

    त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट जोगिन सार्वजनिक स्थानहरुमा हुलहुज्जत नगर्न, धेरै मानिस जम्मा हुनेगरी भोजभतेर, पिकनिक आयोजना नगर्न, नगरका विभिन्न सांस्कृतिक स्थल तथा पाटी पौवामा दाफा भजन नगर्न र अति आवश्यक काममा बाहेक घर बाहिर ननिस्कन बैठकले नगरबासीलाई अपिल गरेको छ ।

    साथै नगरपालिका क्षेत्रभित्रका चोक, गल्ली र सडकहरुमा सरसफाइ कार्यलाई थपप्रभावकारी बनाउने र सबै ठाउँमा चुन, फिनेल छर्कने साथै कोरोना भाइरसको जोखिम बाट बच्न जनचेतनामूलक सामग्री प्रकाशन तथा प्रशारण गर्ने समेत निर्णय भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...