News Portal

  • भक्तपुरका खाद्यान्न पसलहरु दिनैभर खुला रहने : हेर्नुस् शुक्रवार जारी सूचना

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, १४ चैत
    १८०९ पटक
    bhaktapur municipalityभक्तपुर, १४ चैत

    देशव्यापीरुपमा लागू भएको बन्दाबन्दीमा भक्तपुर नगरपालिकाले औषधी र खाद्यान्नका पसलहरु दिनैभर खुला हुने जनाएको छ । विशेषगरी खाद्यान्न र तरकारी पसलहरुमा ग्राहकको भीड बढेपछि नगरपालिकाले सूचना प्रकाशन गरी सो कुरा बताएको हो ।

    लक डाउनको समयमा दैनिक उपभोग्य खाद्य सामग्री, तरकारी, फलफूल र औषधि पसलहरूमा भीड जम्मा भई कोरोना भाइरसको संक्रमण जोखिम बढेको जनगुनासो आएपछि सूचना जारी गर्नु परेको नगर प्रमुख सुनिल प्रजापतिले प्रष्ट पारे । नगरपालिका र जिल्ला प्रशासन कार्यालयबीच समन्वय भएअनुसार खाद्य सामग्री, औषधि पसलहरू दिनभरि खुला रहने उनले बताए । तरकारी बजार भने बिहान ५ बजेदेखि ८ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खुला रहने बताइएको छ ।यसबाट किनमेल गर्नेक्रममा भीड नहुने नगरपालिकाको अपेक्षा छ ।

    अनिवार्य आवश्यकताका सामान खरिद गर्न बाहिर निस्कँदा परिवारको एक जना सदस्य मात्र निस्कन र सामान खरिद गर्दा हुलमुल नगरी सामाजिक दुरी कायम राख्न पनि नगरपालिकाले अपिल गरेको छ ।

    नगरपालिकाद्वारा जारी गरिएको सूचनामा करिब एक मिटर अथवा तीन फिटको दुरी कायम गरी सामान खरिद विक्री गर्नुपर्ने बताइएको छ ।

    यस अघि बिहीवार नगरपालिकाले दैनिक उपभोग्य सामग्रीहरु बिहान ४ः०० बजेदेखि ७ः०० बजेभित्रै खरिद गर्न अनुरोध गरेको थियो । देश बन्दाबन्दीमा भएको तेस्रो दिन बिहीवार नगरपालिकाले औपचारिक बक्तब्य मार्फत सिङ्गो देश कोरोना भाइरस विरुद्धको अभियानमा रहेको भन्दै नगरपालिकाले सबै नगरवासीलाई कोरोनाविरुद्धको अभियानमा एकतावद्ध भएर लड्न अपिल समेत गरेको थियो ।
    बिहेवार नै नगरपालिकाले विदेशबाट आएकाले आफूले नै विचार गरेर जिम्मेवार भई सुरक्षित रुपमा तोकिएको समयावधिसम्म घरमै स्वयं निगरानीमा बस्न र आफ्नो ज्वरो परिक्षणको रिपोर्ट अनलाइन फारमबाट पठाउन नगरपालिकाले अनुरोध गरिसकेको छ भने स्वास्थ्य र सरसफाइका कर्मचारीलाईसमेत अनिवार्य कार्यस्थलमा खट्न अनुराेध गरिसकेकाे छ ।

    हेर्नुस् शुक्रवार जारी सूचना

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...