News Portal

  • फोन गर्नुस्,यहाँहरूको सेवामा अहोरात्र समर्पित छु : भक्तपुर अस्पतालका अध्यक्ष सुवाल

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ चैत
    ३२७४ पटक
    भक्तपुर, १६ चैत

    भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले आफू जुनसुकै बेला जनसेवाको लागि तत्पर रहेको उद्घोष गरेका छन् । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण देशमा निम्तिएको संकटको घडीमा आफू बिरामीको सेवामा तत्पर रहेको उनले उद्घोष गरेका हुन् ।

    भक्तपुर जिल्लाकै स्वास्थ्य क्षेत्रको एक मेरुदण्डको रुपमा सेवा प्रवाह गर्नुपर्ने दायित्व थपिएको भन्दै अध्यक्ष सुवालले आम भक्तपुरवासीको यतिबेलाको अपेक्षा पूरा गर्न आफ्नो टिम तयार रहेको बताए । उपचारमा समस्या भए आफूलाई जुनसुकै बेला फोन गर्न सकिने उनको भनाइ छ । आफ्नो मोबाइल नम्बर सार्वजनिक गर्दै उनले भने,”९८५१०९५९७० नम्बरमा फोन गर्नुस्,यहाँहरूको सेवामा अहोरात्र समर्पित छु ।”

    कोरोना आशंकामा कतिपय अस्पतालले विरामी हेर्न नमान्ने गरेका गुनासा आइरहँदा भक्तपुर अस्पतालले भने कोरोना जाँच कक्ष नै छुट्ट्याएर प्राथमिकतापूर्वक उपचार सेवा पुर्याइरहेको पाइन्छ । भक्तपुर अस्पतालमा कोरोना आशंकामा मानिसहरु उपचारको लागि आइरहेको बताउंदै अध्यक्ष सुवालले भक्तपुरले १ दर्जन विरामीलाई आइसोलेसनमा राखेर उपचार गरिसकेको र उनीहरु डिस्चार्ज समेत भैसकेका जानकारी गराए ।

    भक्तपुर पोस्ट संग कुरा गर्दै अध्यक्ष सुवालले भने,” खुशीको कुरा भक्तपुर अस्पतालबाट नमूना परीक्षणका लागि टेकु पठाएका ११ नमूनाको रिपोर्टमा कोरोना नेगेटिभ देखिएको छ ।” उनले अझै छ नमूनाको रिपोर्ट आउन भने बाँकी नै रहेको बताए ।

    करिब पन्ध्र महिना अघि सुवाल भक्तपुर अस्पतालको अध्यक्ष नियुक्त भएका हुन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको भक्तपुरका नेता समेत रहेका सुवाल गत निर्वाचनमा बाम गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका थिए । बागमती प्रदेश मातहत रहेको भक्तपुर अस्पताल बिकास समितिको अध्यक्षमा उनलाई प्रदेसको सामाजिक विकास मन्त्रालयले नियुक्त गरेको हो ।

    आफू नियुक्त भए संगै रिफर सेन्टरको रुपमा रहेको अस्पतालको स्वरूप नै फेरिएको र वास्तविक रुपमा अस्पताल संचालन भैरहेको उनको भनाइ छ । उनले आफूहरु भक्तपुर अस्पतालमा आइसीयु ल्याउन लागिपरेको बताउँदै त्यसका लागि प्रदेसले छयानब्बे लाख निकासा समेत गरिदिएको जानकारी गराए ।” हाम्रो प्रदेसको सामाजिक मन्त्रीले बचन दिए अनुसार आइसीयुको लागि छयानब्बे लाख निकासा पनि भएर आएको छ । हामी आइसीयु राख्न हतारिएका छौं ।” उनले भने ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...