News Portal

  • लकडाउनसंगैँ हात्तीको लागि पोसिलो खाना अभाव : घाँस उपलब्ध गराउन माग

    राजेन्द्र आचार्य / चितवन चितवन, १९ चैत
    ११९७ पटक
    चितवन, १९ चैत

    संकटापन्न वन्यजन्तुको सूचीको रहेका निजी क्षेत्रबाट पालिएका हात्तीहरुको लागि चितवन राष्ट्रिय निकुञ्ज भित्रको घाँस उपलब्ध गराउन व्यवसायीहरुले माग गरेका छन् ।

    लकडाउनसंगैँ हात्तीको लागि पोसिलो खाना अभावपछि हात्ती संरक्षणका लागि निकुञ्जले  घाँस दिनुपर्ने व्यवसायीहरुको माग छ । पर्यटकीय नगरी सौराहाका क्षेत्रमा रहेका निजीस्तरबाट पालिएका हात्तीहरुमा यस्तो अभाव भएको युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले जानकारी दिए ।

    कोरोनाको लकडाउनसगैँ पर्यटन क्षेत्र ठप्प बनेपछि यहाँ हात्तीलाई खुवाउने दाना अभाव भएसगैँ निकुञ्जबाट पोसिलो घाँसहरु उपलब्ध गराउन उनले माग गरेका हुन् । हामी निकुञ्जबाट घाँस दिनुपर्छ भनेर धेरै पहिलेदेखि माग राखेका थियौँ उनले भने, हात्तीमैत्री सौराहा, र हात्ती विना सौराहको कल्पना पनि गर्न सकिदैन् भनेर यसको संरक्षणसगैँ विभिन्न गतिविधि गरेकै कारण पर्यटनमा नयाँ आयम थियो, तर अहिले त हात्ती अधिकारकर्मी समेत बोल्दैनन् ।

    एउटा हात्तीलाई दैनिक २ सय ५० किलो खाना आवश्यक पर्ने जानकारी दिदै उनले लकडाउनका कारण आवश्यक दाना लिन नपाउन हात्ती दुब्लाउनेको भन्ने चिन्ता व्यवसायीलाई परेको क्षेत्रिय होटल संघका अध्यक्ष दिपक भट्टराईले बताए ।

    ”हरियो घाँस मात्र दिए पनि जोगाउन सकिने थियो ।” उनले भने, तर हामी मानव र वन्यजन्तु द्धन्द्ध कम गर्न सञ्चालन गरेको हात्ती महोत्सवको विरोध गर्ने अहिले दुलामा पसे । चिन्ता त हामीलाई छ नि !” उनले भने । हात्तीको दिगो संरक्षणका लागि सरकारीस्तरबाट भेटेरिनरी डाक्टर, निकुञ्जबाट घाँसको उपलब्धता र बिमाको व्यवस्था गर्नुपर्ने व्यवसायीहरुले माग राख्दै आएका छन् ।

    सौराहामा अहिले सौराहामा ७० वटा नीजि हात्तीहरु रहेका छन् । यि हात्ती हात्ती सफारीका लागि प्रयोग हुदै आएका थिए । एसियाली र अफ्रिकी गरी जम्मा दुई प्रजातिका हात्तीमात्रै हाल पृथ्वीमा रहेका छन् । एसियाली हात्ती नेपाललगायत एसियाका १३ देशमा करिब ३५ देखि ५० हजार छन् भने अफ्रिकी हात्तीको संख्या करिब ४ लाख छ ।

    नेपालमा पाइने हात्ती एसियाली प्रजाति हो । यो प्रजातिका हात्तीको संख्या अहिले ३५ देखि ४० हजारमा सीमित छ भने नेपालमा चाहिँ करिब २ सय । यही गतिमा हात्तीको सिकार हुने र संरक्षणका उपाय नअपनाइए अबको १२ वर्षमा विश्वबाट हात्ती लोप हुने विभिन्न अध्ययनले देखाएका छन् । त्यसैले, पर्यटकमात्रै नभई वन्यजन्तुसँग सम्बन्धित हरेक अन्तर्र्रािष्ट्रय निकायको नेपालको हात्तीप्रति विशेष लगाव छ ।

    मानिसभन्दा पनि हात्ती पुरानो रैथाने हो । हात्ती बुद्धिमान् जनावर हो । उहिल्यैदेखि हात्तीलाई तालिम दिएर काममा लगाउने गरिन्थ्यो । हात्तीलाई युद्धमा पनि प्रयोग गरिन्थ्यो । मोटरगाडी र मेसिनको प्रचलन आएपछि हात्तीको उपयोगिता रहेन । तर, हात्तीको धार्मिक एवं सांस्कृतिक महत्वका साथै पर्यटकीय महत्व उत्तिकै छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...