News Portal

  • घाँसीबाट शिक्षा लिन मन्त्री भानुभक्त ढकाललाई सांसद गोसाईको सुझाव

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २० चैत
    ११११ पटक
    भक्तपुर, २० चैत

    स्वास्थ्य मन्त्रालयले ओम्नी समूह संग गरेको बिबादित सम्झौता खारेज गर्ने निर्णय गरेसंगै सामाजिक संजालमा मन्त्री भानुभक्त ढकालमाथि व्यंग्यको वर्षा हुने क्रम अझै बढेको छ । सेटिंग मिलाएर ओम्नीलाई ठेक्का दिलाएको र महंगोमा सामान खरिद गरेको लगायत विषयमा आलोचित स्वास्थ्य मन्त्री ढकाल यतिबेला सम्झौता खारेजीको निर्णय पछि झन् आलोचनाको पात्र बनेका छन् ।

    यसैबीच नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य समेत रहेका बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई घाँसीबाट शिक्षा लिन सुझाव दिएका छन् । उहिले भानुभक्त आचार्यले घाँसीबाट शिक्षा लिएर आदीकवि बनेको प्रसंग उल्लेख गर्दै सांसद गोसाईले मन्त्री ढकाललाई सेवा भनेको कस्तो हुने भन्ने विषय घाँसीले खनेको कुवाबाट सिक्न सुझाव दिएका हुन् ।

    बिहीवार सामाजिक संजाल मार्फत उनले भनेका छन् ”एउटा भानुभक्त घाँसीबाट प्रेरणा पाउँछ,अर्को भानुभक्त कोरोनामा कमिसन हसुर्छ !” उनले भानुभक्तको देश हो भन्न लाज हुने स्थिति नबनाउन अनुरोध गर्दै जनताको सेवालाई केन्द्रमा राख्न समेत सुझाव दिएका छन् । कम्युनिष्ट नेता भएर कम्युनिष्ट आचरण नदेखाएको भन्दै उनले क्युवाबाट सिक्न नसकेपनि कम्तिमा घाँसीको त्याग र सेवाभावबाट सिक्न भनेका छन् । सामाजिक संजालमा उनले लेखेका छन् ”क्युवाबाट त के सिक्थ्यौ र, त्यो त टाढा भो, हिजोझैँ उही घाँसीको कुवाबाट सिके पुग्थ्यो !”

    हेर्नुस् गोसाईले सामाजिक संजालमा व्यक्त गरेका बिचार
    १.
    एउटा भानुभक्त घाँसीबाट प्रेरणा पाउँछ
    अर्को भानुभक्त कोरोनामा कमिसन हसुर्छ !
    २.
    भानुभक्तको देश हो भन्न डर हुने भो
    कुन चाहिं भनेमा लाजले निहुरिनु पर्ने भो!
    ३.
    क्युवाबाट त के सिक्थ्यौ र, त्यो त टाढा भो
    हिजोझैँ उही घाँसीको कुवाबाट सिके पुग्थ्यो !

    श्रोतका अनुसार बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको बेलामा सरकारमाथि लागेको भ्रष्टाचार दाग लिएर अघि बढ्न नसकिने भन्दै उक्त सम्झौता खारेज गर्न आदेश दिएका थिए र स्वास्थ्य मन्त्रालयले उक्त सम्झौता खारेजीको निर्णय समेत गरिसकेको अवस्था छ । देश कोरोनासंग लडिरहेको बेला स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालिरहेका मन्त्री ढकाल कमिसनको पछि लागेर कोरोनाको उपचार सामाग्री ल्याउने नाममा भ्रष्टाचार गरेको आरोप लागेपछि सरकार रक्षात्मक बन्न बाध्य बनेको छ । यद्यपी स्वास्थ्य मन्त्री ढकाल र स्वास्थ्य मन्त्रालयले सम्झौताको बचाव गर्दै आएका छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नीले सम्झौता अनुरुप चीन बाट भने बमोजिम सामान ल्याउन नसकेको र ल्याउन सक्ने अवस्था समेत नदेखिएको कारण सम्झौता खारेजीको निर्णय भएको दावी गरेका छन् । यस अघि अर्का मन्त्री प्रदीप ज्ञवालीले संकटको घडीमा मन्त्रालयले खरीद गरेको कोरोना उपचार सामाग्रीमा भ्रष्टाचार देख्नेलाई गिद्धको संज्ञा दिंदै गिद्धले सिनो बाहेक नदेख्ने हुँदा त्यस्तो कराको पछि नलाग्न अपिल गरेका थिए । अहिले उनी पनि सामाजिक संजालमा ट्राेल भैराखेका छन् ।

    तर, संकटका वेला सम्झौता खारेजीले मात्र हुन्छ अथवा जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गर्ने पदाधिकारीमाथि पनि कारबाही हुन्छ, त्यो हेर्न बाँकी नै छ । सरकारले कोरोना रोकथाम र नियन्त्रण गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको छ । त्यही समितिको निर्देशनमा स्वास्थ्य सेवा विभागले खरिद प्रक्रिया अघि बढाएको थियो ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...