News Portal

  • सूर्यविनायकका मेयरद्वारा घरभाडा मिनाहाकाे घाेषणा

    भक्तपुरपोस्ट संवाददाता सूर्यविनायक,२२ चैत
    १९०८ पटक
    सूर्यविनायक,२२ चैत

    सूर्यविनायक नगरपालिकाका मेयरले घर बहालमा बस्नेलाई घर भाडा मिनाहाको घोषणा गरेका छन् । मेयर बासुदेव थापाले शनिवार सामाजिक संजाल मार्फत यस्तो घोषणा गरेका हुन् ।

    उनले नगरभित्र भाडामा रहनेका लागि भने सो घोषणा गरेका होइनन् । सूर्यविनायक नगर प्रमुख थापाले काठमाडौं महानगरपालिका ३१ स्थित आफ्नो ब्यक्तिगत घरमा भाडा लिएर बस्नेहरु सबैसंग भाडा नलिने बताएका हुन् । उनले आफ्नो घरकाे ६ फल्याट भाडामा लगाएका छन् जसमा ६ परिवार बसिरहेका छन् । ”उनीहरु सबैसंग चैत्र महिनाको घरभाडा नलिने निर्णय गरेको हुँ।” मेयर थापाले भने । घर वहालमा बस्नेहरुको घरभाडा नलिनु भन्ने नेपाल सरकारको सुझावलाई समर्थन गर्दै आफूले यस्ताे घोषणा गरेकाे उनले बताएका छन् ।

    नगर प्रमुख थापाले आफ्नो नगर भित्रका घरधनीले समेत घर बहालमा बस्नेकाे भाडा मिनाहा गर्ने बिस्वास ब्यक्त गरे । विश्वब्यापी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरसको प्रकोपको बेलामा सक्नेले सेवाभाव बढाउनुपर्ने उनकाे भनाइ छ । ”घरधनीका पनि आफ्ना समस्या होलान्, सक्नेलाई याे बेला मन खाेलेर सहयाेग गर्न र घरभाडा नलिन म अनुराेध गर्छु ।” भक्तपुर पोस्टसंग उनले भने ।

    नगर प्रमुख थापाले लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदुरले खान नपाउने समस्या सूर्यविनायकमा नरहने समेत जिकिर गरे । ”हामीले उहाँहरुकाे लिस्टिङ गरी राहतको पोका वितरण गरिरहेका छौं । पर्सीसम्म छ हजार मजदुरलाई हामी राहत पुर्याउछौं ।” उनले भने । प्रमुख थापाका अनुसार राहतको प्रत्येक पोकामा चामल, दाल, चिउरा,नुन, तेल, मस्याैरा, साबन लगायतका सामान रहेकाे छ । ”हामीले दिइरहेको राहतले ४ जनाको परिवारलाई कम्तिमा पन्ध्र दिन खान पुग्छ ।” मेयर थापाले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...