News Portal

  • मेयर प्रजापतिको अडान पछि मेलम्चीको पानी असारभित्रै भक्तपुर आउने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ चैत
    ३२०० पटक
    भक्तपुर, २४ चैत

    फाइल फोटो

    बहुप्रतिक्षित बनेको महत्वाकांक्षी मेलम्चीको पानी आउँदो असार मसान्त भित्रै भक्तपुरमा आउने भएको छ । भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिको अडान पछि उक्त पानी पहिलो चरणमा नै भक्तपुरमा आउने भएको छ ।

    काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सोमबार बसेको बैठकले कार्य योजना संशोधन गरी पहिलो चरणमै भक्तपुर र किर्तिपुरमा मेलम्चीको पानी पठाउने सहमति गरेको हो ।

    काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख मिलन शाक्यले मेलम्चीको पानी पहिलो चरणमा काठमाडौं र ललितपुरमा मात्रै पठाउने कार्ययोजना पेश गरेपछि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र किर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले गम्भीर आपत्ति प्रकट गर्दै कार्ययोजना संशोधन गर्न जोड दिएका थिए ।

    नगर प्रमुख प्रजापतिले पानीको समस्या संग जुधिरहेको भक्तपुरका लागि यो खुशीको कुरा भएको बताए । पहिलो चरणमा काठमाडौं र ललितपुरमा मात्रै पानी पठाउने कार्ययोजना पेश भएपछि आफूहरु बिरोध गर्न बाध्य भएको उनले बताए । ‘सोमबार बसेको बैठकमा कार्य योजना संशोधन गरी पहिलो चरणमै भक्तपुरमा पानी झार्ने सहमति भएकाे छ । भक्तपुर पोस्ट संग मेयर प्रजापतिले भने । नेपाल सरकार आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले नगरपालिकासित आवश्यक समन्वय विना ठाउँ ठाउँमा पाइप बिछ्याउने, खोला किनारमा पर्खाल निर्माण गर्ने र संरचनाहरु निर्माण गर्ने गरेकोतर्फ बोर्डको ध्यानाकर्षण गराइएको समेत उनको भनाइ छ ।

    हाल काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग भएपछि औसत १२ करोड लिटरमात्रै आपूर्ति भइरहेको केयुकेएल प्रमुख शाक्यले जानकारी दिए । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी प्राप्त हुने हुँदा अब पानीको दुख नहुने उनले बताए ।

    ”मेलम्चीको पानी २०७७ असार महिनासम्ममा उपत्यकामा झार्ने नेपाल सरकारको तयारी छ । भक्तपुरमा हामी पहिलो चरणमै पानी ल्याइपुर्याउछौँ । केयुकेएल प्रमुख मिलन शाक्यले भने ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...