News Portal

  • स्वाब संकलन गर्न भक्तपुर अस्पतालमा पीपी बुथ स्थापना : नेपालमै भयाे दोश्रो

    संजीप शुभचिन्तक भक्तपुर, २५ चैत
    ३१२५ पटक
    भक्तपुर, २५ चैत

    दुधपाटी स्थित भक्तपुर अस्पतालमा पीपी बुथ स्थापना गरिएकाे छ । कोरोना भाइरस (कोभिड १९) संक्रमितको परीक्षणमा सुरक्षित मानिएको पर्सनल प्रोटेक्टिभ बुथ भक्तपुर अस्पतालमा स्थापना गरिएको हो ।

    कोरानो भाइरस (कोभिड १९) सम्भावित संक्रमितको परीक्षणमा यसले स्वास्थ्यकर्मीलाई सुरक्षित राख्ने भएकाले भक्तपुर अस्पतालले यो कोरियन प्रविधि भित्राएको अस्पताल विकाश समितिका अध्यक्ष मिलन सुवालले बताए । सम्भावित संक्रमितको भिटिएम टेस्टका लागि नाक र घाँंटीबाट र्याल निकाल्ने प्रयोजनका लागि यो बुथ प्रयोग गरिने अध्यक्ष सुवालले जानकारी दिए । ”कोभिड १९ विरुद्ध हामी स्वास्थ्यकर्मीको नेतृत्वमा लडाई लडिरहेका छौं । हाम्रा स्वास्थ्यकर्मीलाई सुरक्षित राख्नु हाम्रो पहिलो काम भएकोले उहाँहरुको लागि यो बुथ ल्याएका हौँ ।” भक्तपुर पोस्टसंग उनले भने ।

    अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट डा. सुमित्रा गौतमका अनुसार चिकित्सकले बुथभित्र बसेर सम्भावित संक्रमितको नाक र घाँंटीबाट र्याल निकाल्दा कोरोना रोग सर्ने सम्भावना हुँदैन । यसले चिकित्सकलाई कोरोना संक्रमित पहिचान गर्न थप आँट प्राप्त हुने र उनीहरुमा थप आत्मविश्वास पैदा हुने विश्वास लिइएको छ । र्याल निकाल्दा चिकित्सक बुथभित्र र सम्भावित संक्रमित बुथको बाहिर बस्नेगरी यसको आविस्कार भएको छ ।

    अझ उल्लेखनीय कुरा यो छ कि यो बुथ काठमाडौं बिल्डर्स प्रालि, भक्तपुरले बनाएको हो । समाजसेवीको रुपमा रहेका डा महाविर पुनः अध्यक्ष रहेको राष्ट्रिय अनुसन्धान केन्द्रको सहयोगमा यो बुथ काठमाडौं बिल्डर्स प्रालि, भक्तपुरले वनाएको भक्तपुर पोस्टलाई जानकारी प्राप्त भएको छ । सोमबार मात्र महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालमा यो बुथ हस्तान्तरण गरेको काठमाडौं बिल्डर्स प्रालि, भक्तपुरले मंगलवार भक्तपुर अस्पताललाई हस्तान्तरण गरेको हो । यससंगै पीपी बुथ राख्ने भक्तपुर अस्पताल नेपालमै दोश्रो भएको छ ।

    भक्तपुर अस्पतालले हालसम्म ७४ व्यक्तिको स्वाब लिएर परीक्षणको लागि टेकु पठाइसकेको छ । जसमा ६० रिपोर्ट आइसकेका छन् र भाग्यवश ती सबै रिपोर्टमा कोरोना नेगेटिभ आएको छ । अब भक्तपुर अस्पतालले भक्तपुर जिल्लामा चैतभित्र विदेशबाट आएर बसिरहेकाहरु सबैको स्वाब संकलन गर्ने बताइएको छ । भक्तपुर अस्पताल बागमती प्रदेश सरकार मातहत संचालित अस्पताल हो ।

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...