News Portal

  • जगदम्बाका मालिक नै कालोबजारीमा : थर्मोगनसहित पक्राउ

    भक्तपुरपोस्ट संवाददाता २५ चैत २०७६
    १३८१ पटक
    २५ चैत २०७६

    काठमाडौँ । विश्व नै कोरोनाले आक्रान्त भएको बेलामा नेपाल समेत लकडाउनको अवस्थामा छ । यस्तो संकटको बेलामा समेत कालोबजारीमा संलग्न एक ठूला माछा प्रहरीको फन्दामा परेको खबर छ ।

    व्यापारिक घराना जगदम्बा ब्रान्डको उत्पादक शङ्कर ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक रहेका सुलभ अग्रवाल प्रहरीको फन्दामा परेका हुन् । उनलाई थर्मोगन (ज्वरो नाप्ने यन्त्र) को कालोबजारी गर्दागर्दै प्रहरीले पक्राउ गरेको हो ।

    बजारमा अभाव रहेको ज्वरो नाप्ने यन्त्र(थर्मोगन) को पाँच हजार मूल्य पर्ने भएपनि उनले पन्धहजार गोटाले बेच्ने सर्तमा १० लाख मूल्य बराबरको थर्मोगन दिन तयार भएपछि उनी प्रहरीको फन्दामा परेका हुन् । प्रहरीले उनलाई थर्मोगन सहित नक्साल बाट पक्राउ गरेको बताइएको छ ।

    बढी मूल्यमा विक्री वितरण भइरहेको सूचनासँगै कालोबजारी गर्ने मुख्य व्यक्तिलाई नियन्त्रणमा लिने प्रहरीको योजनासँगै अग्रवाल फन्दामा परेका हुन् ।

    उनी आफै थर्मोगन लिएर डिल भएको स्थानमा आएका थिए । उनको साथबाट कीर्गिस्तानको अवैतानिक महावाणिज्य दूत रहेको सरकारी परिचय पत्र समेत बरामद भएको बताइएको छ । उनी २०९ एचसीसी १ नम्बरको कुटनीतिक सुविधाको गाडीमा कालोबजारी गर्ने उदेश्यले थर्मोगन लिएर आइपुगेका थिए ।

    महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सहकुल थापाले अग्रवाललाई पक्राउ गरिएको पुष्टि गरेका छन् । कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका अग्रवालले केही दिनअघि चीनबाट ब्यापारिक प्रयोजनका लागि ७ टन स्वास्थ्य उपकरण  खरिद गरेकाे जानकारी पाएको प्रहरीले उनीमाथि निगरानी बढाँउदा पक्राउ गर्न सफल भएको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...