News Portal

  • बालकोटस्थित परेलीमा सिलबन्दी

    भक्तपुरपोस्ट संवाददाता सूर्यविनायक, २८ चैत
    २१८३ पटक
    सूर्यविनायक, २८ चैत

    सूर्यविनायक ३ बालकोट स्थित ‘परेली आर्युबेद हाउस’ मा सिलबन्दी गरिएको छ । गैरकानुनी रुपले कस्मेटिक बस्तुहरुको उत्पादन गरेको अभियोगमा परेलीमा सिलबन्दी गरिएको हो ।

    महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक कृष्ण प्र. बिष्ट र औषधि ब्यवस्था विभाग बिजुलीबजारका फार्मेसी अधिकृत धन बहादुर बोहोरासहितको टोलीले बिहीवार उक्त “परेली आर्युबेद हाउस” मा सिलबन्दी गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएकाे छ ।

    अनुमति प्राप्त गरेको भन्दा भिन्नै किसिमका कस्मेटिक बस्तुहरुको उत्पादन, प्याकिङ, लेवलिङ लगायतका कार्यहरु गरी अनाधिकृत रुपमा सामानहरु बिक्री बितरण गरिरहेको पाइएपछि सिलबन्दी गर्नुपरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएकाे हाे ।

    महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक गिरीका अनुसार काभ्रेपलाञ्चोक साबिक बाङथली ९ स्थायी घर भएकी बर्ष ३६ की कमला उप्रेती (अर्याल) ले उक्त उद्योग संचालन गरेको पाइएको छ । अनाधिकृत रुपमा साबुन, बिभिन्न ब्राण्डका क्रिम, कपालमा लगाउने तथा मसाज गर्ने तेल, लोसन लगायतका कस्मेटिक सामानहरुको उत्पादन, प्याकिङ तथा लेवलिङ लगायतका कार्यहरु गरेको पाईएको हुँदा कानूनको रीत पुर्याई जनप्रतिनिधिहरुको रोहवरमा उद्योग सिलबन्दी गरिएको उनले बताए ।

    डीएसपी गिरीले सम्बन्धित बिभाग र निकायहरुसंग समन्वय गरी थप अनुस्धान कार्य भईरहेको समेत जानकारी दिए । यस अघि भक्तपुर प्रहरीको पहलमा औषधि ब्यवस्था विभागले भक्तपुर १० कमलविनायक स्थित एक आयुर्वेद फार्मेसी बाट गुणस्तर नभएको ह्याण्ड सेनिटाइजर बरामद गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...