News Portal

  • भक्तपुर घर भएका सहकुल थापा डिआईजीमा सिफारिस

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ चैत
    ४६३९ पटक
    भक्तपुर, २९ चैत

    नेपाल प्रहरीको रिक्त रहेको १० प्रहरी नायव महानिरीक्षक(डिआईजी) पदमा १० जना प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) बढुवाका लागि सिफारिस भएका छन् । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।

    सोमबारको मन्त्रिपरिषद् बैठकले डिआइजीको दरबन्दी १४ कायम गरेपछि रिक्त १० पदका लागि १० एसएसपीहरू शुक्रबार सिफारिसमा परेका हुन् ।प्रहरी नियमावली, २०७१ को नियम २७ को उप–नियम(४) बमोजिम उनीहरूलाई बढुवा गरिएको हो ।

    ३४ एसएसपीहरूबाट डिआईजीमा बढुवा सिफारिस हुने १० एसएसपीहरूमा भक्तपुर घर भएका एसएसपी सहकुल बहादुर थापा पनि परेका छन् । बढुवा समितिले उनको नाम पाँच नम्बरमा सिफारिस गरेको छ ।

    डिआइजी बढुवाको सिफारिसमा परेका एसएसपी सहकुल बहादुर थापा सूर्यविनायक नगरपालिकास्थित नलिनचोक पलासेँका स्थायी वासिन्दा हुन् । पिता गणेशबहादुर थापा र माता ललितकुमारीका छोरा सहकुल बहादुर थापा २०४९ सालमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए । उनी २०७५ सालमा एसएसपीमा बढुवा भएका हुन् । हाल उनी महानगरीय अपराध महाशाखाका प्रमुखको रुपमा कार्यरत छन् । केहि दिन अघि मात्र थर्मोगन कालोबजारी गर्ने एक ठूला व्यवसायीलाई समात्न सकेको जस उनले पाएका छन् भने चिनीयाँ ह्याकर समात्ने देखि कृषि विकाश बैंकबाट पाँच अर्व ह्याक गर्ने योजना असफल बनाउने सम्मको श्रेय उनले महाशाखा प्रमुखको रुपमा हासिल गरेका छन् । डिआइजी बढुवाको सिफारिसमा परेका थापा नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकको समेत प्रवल दावेदार मानिएका छन् ।

    उनीसंगै डिआईजीमा बढुवा सिफारिस हुनेमा एसएसपीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्त कुमार पन्त, ईश्वर बाबु कार्की,  धिरज प्रताप सिंह, वसन्त कुमार लामा, रबिन्द्र बहादुर धानुक, उत्तम राज सुवेदी र अरुण कुमार बि.सी. रहेका छन् ।

    सच्याइएको : थापा पाँचौ नम्बरमा सिफारिस हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । : सम्पादक

    हेर्नुस् सिफारिस सूची

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...