News Portal

  • आपतकालिन अवस्थामा भक्तपुरका यी २२ एम्बुलेन्सका नम्बरमा सम्पर्क गरौँ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ बैशाख
    ६३०० पटक
    भक्तपुर, २ बैशाख

    अत्यावश्यक अवस्थामा अस्पताल जानुपरे वा अरुलाई लानुपरे यो बेला एम्बुलेन्स चालकको सम्पर्क नम्बर नभई नहुने कुरा हाे । आपतकालिन अवस्थामा अस्पताल सम्म पुग्न भक्तपुरमा २२ एम्बुलेन्स रहेका छन् जसमध्ये ४ वटा एम्बुलेन्सलाई कोरोना विशेष एम्बुलेन्स बनाइएको छ ।

    भक्तपुर सीडीअेा हुमकला पाण्डेका अनुसार आवश्यक सुरक्षा प्रवन्ध गरि ४ वटा एम्बुलेन्सलाई कोरोना विशेष एम्बुलेन्स बनाइएको हाे । उनका अनुसार एम्बुलेन्स चालकलाई पनि विशेष तालिम दिइएको छ । कोरोना राेगकाे लक्षणसंग मिल्दाेजुल्दाे लक्षण जस्तोकी एक्कासी उच्च ज्वरो आउने, सुख्खा खोकीले सताउने र स्वास फेर्न गाह्रो हुने समस्या भएमा कोरोना आशंकामा कोरोना विशेष एम्बुलेन्समार्फत अस्पताल आउनुपर्ने हुन्छ । अन्य नियमित रोगका लागि भने सामान्य एम्बुलेन्स प्रयोग गर्न सकिने बताइएको छ ।

    प्रमुख जिल्ला अधिकारी पाण्डेले एम्बुलेन्स चालकहरुले बिरामी बोक्न नमाने सिधै आफूलाई जानकारी गर्न समेत अनुरोध गरेकी छन् । त्यतिमात्र होइन, अस्पतालहरुले समेत उपचारमा बहानाबाजी गर्न नपाउने उनको भनाइ छ । ‘भक्तपुरमा कुनैपनि अस्पतालले स्वास्थ्य सेवा रोकेको अवस्था छैन, स्वास्थ्य सेवा नपाएमा तुरुन्तै खबर गर्न समेत म अपिल गर्दछु ।” प्रजिअ पाण्डेले भनिन् । यद्यपी आपतकालीन अवस्था नभई अस्पताल नजान उनको सुझाव छ ।

    भक्तपुर अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट डा. सुमित्रा गौतम पनि आपतकालीन अवस्था बाहेक अस्पताल आउँन नहुने बताउँछिन । कोरोना संक्रमणको जोखिम अस्पतालहरुमा बढी हुने भएकोले सामान्य स्वास्थ्य समस्यामा अस्पताल आउँन नहुने उनको भनाइ छ ।

    भक्तपुर पोस्ट पनि यस संकटको घडीमा आफ्नो स्वास्थ्यको ख्याल गर्न अनुरोध गर्दछ । सामान्य विमारीमा आफ्ना नियमित चिकित्सक अथवा अस्पतालले उपलब्ध गराएका टेलिफोनबाट स्वास्थ्य सम्बन्धी परामर्स लिएर स्वास्थ्य लाभ गर्नुहोला । आपतकालीन अवस्थामा अस्पताल जान निम्न एम्बुलेन्सका नम्बरहरुमा सम्पर्क गर्नुहोला ।

    कोरोना विशेष एम्बुलेन्सका लागि भक्तपुर ९८५१०८२७९९, मध्यपुर थिमी ९८४१२५७०४८,सूर्यविनायक ९८४१३९५१९९, चाँगुनारायण ९८५१२४१८०९ मा सम्पर्क गर्न सकिन्छ ।

    अन्य रोगहरुको आपतकालिन अवस्थामा निम्न १८ एम्बुलेन्स चालकका मोबाइल नम्बरमा सम्पर्क गरी सेवा लिन सकिन्छ ।

    भक्तपुर
    १, ९८४९८५७३३२ नेपाल रेडक्रस सोसाईटी
    २, ९८४१२५७८९२ जिल्ला समनवय समिति
    ३, ९८६०१७१५५२ भक्तपरु क्यान्सर अस्पताल
    ४, ९८६००२५३३३ इवामुरा
    ५, ९८५१०१८१७७ मानव अंग प्रत्यारोपण केन्द्र
    ६, ९८४०२५६३५० भक्तपुर अस्पताल

    मध्यपुर थिमी
    ७, ९८४१२५७०४८ नेपाल कोरीयामैत्री अस्पताल
    ८, ९८५११३३६१३ मध्यपुर अस्पताल
    ९, ९८५११३३७९७ नागरिक सामुदायिक अस्पताल

    सूर्यविनायक
    १०, ९८४३५५९०९० नेपाल रेडक्रस सोसाइटी नलिन्चोक
    ११, ९८४३६३३७४४ सुडाल ब्रह्मायणी विकाश केन्द्र
    १२, ९७४१३२३२९६ अखण्ड सेवा समिति
    १३, ९८४१४७७७९४ ग्रामिण विकाश पूर्वाधार केन्द्र
    चाँगु
    १४, ९८४१२३३६०० नेपाल रेडक्रस सोसाईटी नगरकोट
    १५, ९७४१२३३८१५ नेपाल रेडक्रस ताथली शाखा
    १६, .९८४९४२४८१३ चाँगनारायण प्राथमिक स्वास्थ्य केन्द्र
    १७, ९८४१४६६५५० काठमाडौं क्यान्सर सेन्टर
    १८, ९८६०३३५९४४ हरेराम संकिर्तन सेवा समिति

    स्राेत : सीडीेअेा कार्यालय ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...