News Portal

  • भक्तपुरका सबै मेयर सिडिओ कार्यालयमा : लकडाउनलाई कडा पार्ने निर्णय

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, ३ बैशाख
    ३२४७ पटक
    भक्तपुर, ३ बैशाख

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्र, सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा र मध्यपुर थिमिका प्रमुख मदन सुन्दर श्रेष्ठ बुधवार संगै देखिए । एकै ठाउँमा बिरलै देखिने भक्तपुरका चारवटै स्थानीय सरकारका प्रमुखहरु बुधवार जिल्ला प्रशासन कार्यालयमा संगै देखिएका हुन् ।

    प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा बोलाएपछि उनीहरु बुधबार एकै ठाउँमा देखिए ।

    बैठकमा लकडाउन व्यवस्थापनको विषयमा छलफल भएको प्रजिअ हुमकला पाण्डेले बताइन् । गृह मन्त्रालयले गरेको परिपत्र र निर्देशनको बारेमा उनले जानकारी गराएकी थिइन् भने सो कार्यान्वयनका सम्बन्धमा नगरप्रमुखहरुले आफ्नो धारणा राखेका थिए । भक्तपुरमा प्रजिअ पाण्डेको आदेशले लक डाउन भैरहेको छ ।

    त्यसैगरी जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको अध्यक्ष समेत रहेकी प्रजिअ पाण्डेले जिल्लामा कोभिड १९ को प्रतिरोधका लागि गरिरहेको प्रयास र त्यसको प्रभावकारीताबारे छलफल भएको जानकारी गराइन् । लकडाउन व्यवस्थापन तथा कोरोनाको रोकथाम र नियन्त्रणको विषयमा सबै नगर प्रमुखहरुको समान धारणा भएको र अब यसलाई थप प्रभावकारी बनाएर लैजाने प्रजिअ पाण्डेको दावी छ ।

    उक्त बैठकबाट जिल्ला भित्र रहेका अति विपन्न परिवारलाई राहत वितरण गर्दा सम्बन्धित नगरपालिकाको वडाहरुमार्फत एकद्धार प्रणालीबाट मात्र गर्ने निर्णय गरिएको बताइएकाे छ । त्यसैगरी खाद्यान्न संकट हुन् नदिने भण्डारणको व्यवस्था गर्ने र सो को लागि आवस्यक खर्चमा नगरपालिकाहरुले योगदान गर्ने सहमति भएको भनिएकाे छ ।

    बैठकले मध्यपुर नगरपालिकाद्वारा संचालित नेपाल कोरिया मैत्री अस्पताललाई कोरोना परिक्षण गर्न पाउने अनुमतीका लागि सम्बन्धित निकायमा अनुरोध पत्र लेखि पठाउने समेत निर्णय गरेको छ । उक्त अस्पतालले स्वाब लिएर पीसीआर टेस्ट गर्ने क्षमता भएता पनि सो को अनुमति पाएको छैन । भक्तपुर अस्पतालले र्यापिड टेस्टको माध्यमबाट कोरोना परीक्षण गरिरहेको छ जुन सत प्रतिसत सहि हुँदैन ।

    अनावश्यक रुपमा भीड जम्मा हुन नदिने, बजारलाई व्यवस्थित बनाउने र बिस्केट जात्राको बाँकी कार्यक्रम पनि भीडभाडरहित बनाउने विषयमा सुरक्षा निकायले स्थानीय तहसँग समन्वय गरी थप कडाइ गर्ने निर्णयसमेत बैठकबाट गरिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए ।

    उक्त बैठकमा जिसस प्रमुख नवराज गेलाल, भक्तपुर अस्पतालको प्रमुख डा सुमित्रा गौतम, सुरक्षा निकायका प्रमुखहरु लगायतको समेत उपस्थिति रहेको थियो ।

    जिल्ला विपद् व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार थाहाँ पाउनुहाेस् :

    (क) परिषद्, कार्यकारी समिति तथा प्रदेश समितिबाट स्वीकृत नीति, योजना तथा कार्यक्रम कार्यान्वयन गर्न सहयोग गर्ने, गराउने,

    (ख) जिल्लाको विपद् प्रतिकार्य योजना तयार गरी लागू गर्ने, गराउने,

    (ग) जिल्लास्तरमा रहेका आपत्‌कालीन कार्यसञ्चालन केन्द्रको सञ्चालन गर्ने,

    (घ) उपलब्ध स्रोतको उच्चतम प्रयोग तथा प्रवाह गरी विपद् प्रभावित क्षेत्रमा खोजी तथा उद्धार गर्ने,

    (ङ) नेपाल सरकारबाट स्वीकृत मापदण्ड अनुसार राहत वितरण गर्ने, गराउने तथा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयलाई सोही अनुसार राहत वितरण गर्न लगाउने,

    (च) विपद् प्रभावित क्षेत्रमा आवश्यकता अनुसार यातायात तथा मानिसको आवत जावतमा नियन्त्रण गर्ने,

    (छ) विपद्‍का कारण सिर्जित फोहोर तथा अन्य अनावश्यक वस्तु हटाउने वा हटाउन लगाउने,

    (ज) विपद्को समयमा मृत्यु भएका मानिसको शव तथा जनावरको व्यवस्थापन गर्ने, गराउने,

    (झ) आपत्‌कालीन अवस्थामा विपद् प्रभावित व्यक्तिहरुको लागि आश्रय गृहको व्यवस्था गर्ने,

    (ञ) विपद्को समयमा तत्काल परिचालन हुन सक्ने गरी सुरक्षा निकायलाई दुरुस्त राख्न लगाउने,

    (ट) विपद् प्रभावित क्षेत्रमा खानेपानी, खाद्यान्न, लत्ताकपडा तथा औषधि उपचार जस्ता अत्यावश्यक वस्तुको प्रबन्ध गर्ने,

    (ठ) विपद् प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने अस्थायी भौतिक संरचनाहरूको निर्माण गर्न लगाउने,

    (ड) विपद्को अवस्थामा स्थानीयस्तरमा उपलब्ध सरकारी, गैरसरकारी एवं निजी यातायातका साधन, यन्त्र, सरसामान, खाद्य सामान आदि कानून बमोजिम नियन्त्रणमा लिई प्रयोग गर्ने वा गर्न लगाउने,

    (ढ) विपद्को जोखिममा रहेका वा विपद् प्रभावित क्षेत्रमा रहेका असुरक्षित भवनहरू भत्काउन लगाउने,

    (ण) असुरक्षित भवन तथा स्थानमा रहेका विपद् प्रभावित व्यक्तिहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने,

    (त) विपद् प्रभावित क्षेत्रमा स्वयंसेवक, विशेषज्ञ तथा परामर्शदातालाई परिचालन गर्ने र सोको सुपरिवेक्षण गर्ने,

    (थ) राष्ट्रिय वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूबाट गरिने उद्धार तथा राहत एवं सहयोग आदि क्रियाकलापको समन्वय गर्ने,

    (द) विपद्को समयमा खोज, उद्धार तथा राहत र पुनर्लाभ सम्बन्धी कार्यको लागि स्थानीय तह लगायत सम्बन्धित निकायहरुसँग समन्वय गर्ने,

    (ध) विपद् पश्चात आउन सक्ने सहायक प्रकोपहरुको न्यूनीकरणका लागि आवश्यक कार्यहरू गर्ने,

    (न) विपद् प्रभावित क्षेत्रमा सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नु पर्ने अवस्था रहेमा नेपाल सरकार समक्ष सिफारिस गर्ने,

    (प) विपद् सम्बन्धी सूचना प्रवाह गर्ने,

    (फ) उद्धार तथा राहत कार्यक्रमको प्रगति विवरण प्राधिकरणमा पठाउने,

    (ब) विपद् व्यवस्थापन सम्बन्धमा तोकिए बमोजिमका अन्य काम गर्ने, गराउने ।

    (३) जिल्ला विपद् व्यवस्थापन समितिको सचिवालय, बैठक सम्बन्धी कार्यविधि र अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

    भक्तपुर पोस्ट लाइक र फलो गरी सूचनामा पहुँच बढाउनुस । भक्तपुर पोस्ट, सूचना तपाइको औंलामा …..

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...