News Portal

  • राजभण्डारीको निधनले पार्टीलाई अपूरणीय क्षती भयाे : नेकपा भक्तपुर

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ बैशाख
    ३१०४ पटक
    भक्तपुर, ४ बैशाख

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भक्तपुर जिल्ला कमिटी सदस्य सन्तोष राजभण्डारीको असमायिक निधनले पार्टीलाई अपूरणीय क्षती भएको नेकपाको भनाइ छ । नेकपाको भक्तपुर जिल्ला कमिटीले नेता राजभण्डारी प्रति श्रद्धान्जली व्यक्त गर्दै पार्टीलाई अपूरणीय क्षती भएको भनेको हो ।

    जिल्ला पार्टीका अध्यक्ष बचन देउजा र सचिव डीपी ढकाल द्वारा प्रेषित शाेक बक्तब्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुरका जिल्ला कमिटी सदस्य सन्तोष राजभण्डारीको निधनले नेपाल कम्युनिस्ट पार्टी भक्तपुरलाई अपूरणीय क्षती भएको बताइएकाे छ । ”हाम्रो पार्टी कमरेड सन्तोष राजभण्डारी प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै परिवारजनमा दुःखको यस घडीमा गहिरो समवेदना व्यक्त गर्दछ ।” नेकपा भक्तपुरले भनेको छ ।

    पञ्चयतकालदेखि कम्युनिष्ट राजनीतिमा लागेका राजभण्डारी सरल, निष्ठावान र कर्तव्यनिष्ठ कम्युनिस्ट भएका भन्दै नेकपा भक्तपुरले उनको योगदानलाई स्मण गदै उनीप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गरेको हो ।

    वि.स २०१६ जेठ २९ गते ओखलढुङगामा बुवा राम बहादुर राजभण्डारी र आमा बिम कुमारी राजभण्डारीको जेठो छोराको रुपमा जन्मिएका राजभण्डारीको बैशाख ३ गते ह्रदयघातका कारण असमायिक निधन भएको थियो ।

    सूर्यविनायक नगरपालिकाको कटुन्जे निवासी नेता राजभण्डारीलाई अकस्मात ह्दयघात भएपछि काठमाडौंस्थित शहिद गंगालाल ह्दय रोग प्रतिष्ठान पुर्याइएको थियो । दिउँसो अस्पतालले मृत घोषित गरिदिएपछि उनको पार्थिव शरीरलाई साँझ आर्यघाटमा अन्त्यस्टि गरिएको थियो ।

    नेकपा भक्तपुरका इन्चार्ज समेत रहेका केन्द्रीय सदस्य दिलिप प्रजापति भिष्मले पार्टीको झण्डा ओडाई उनीप्रति सम्मान व्यक्त गरेका थिए भने अन्तिम श्रद्धान्जलीका लागि नेकपाका बागमती प्रदेश सचिवालय सदस्य देवेन्द्र श्रेष्ठ, जिल्ला अध्यक्ष बचन देउजा, सचिव डीपी ढकाल लगायत नेताकार्यकर्ता आर्यघाट पुगेका थिए ।

    नेकपा(माले) बाट नेकपा(माओबादी) हुँदै हाल नेकपा भक्तपुरका जिल्ला कमिटीको सदस्यको जिम्मेवारीमा रहेका दिवंगत राजभण्डारीका श्रीमती पम्फा देवी, छोरा क्षितिज राजभण्डारी र छोरी लोचना राजभण्डारी छन् । शोकको यस घडीमा दिवंगत राजभण्डारीप्रति हार्दिक श्रद्धान्जली एवं परिवारजनमा गहिरो समवेदना !

    याे पनि

    रहेनन् कटुन्जे निवासी नेता राजभण्डारी

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...