विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ का कारण हिजोआज विश्वका सवैजसो देशहरु घोषित र अघोषित लकडाउनको अवस्थामा रहेका छन्।लकडाउनका कारण नियमित गरिने दैनिक गतिविधिहरु समेत प्रायः ठप्प भएका छन्।विषेश गरी मानव जीवनसंग जोडिएका रोजगारी सम्वध्द आर्थिक क्रियाकलापहरु समेत निष्कृय हुदै गएका छन्। रोजगारीसंग जोडिएका कार्यहरु उत्पादनसंग जोडिएका हुन्छन् नै।उत्पादन विना मानव जीवनलाई जीवन्त राख्दै क्रियाशिल र गतिशिल बनाउन असम्भव देखिन्छ।
विपद् र महामारीमा समेत मानव जीवनलाई दैनिक आवश्यक पर्ने आहारको जोहो गरिरहनु बुद्धिमतापूर्ण कार्य हो। दैनिक जीवनमा आवश्यक पर्ने खाद्य लगायतका परिपुरक उत्पादन आजको भोलि नै हात नपर्ने हुँदा बेलैमा पूर्वतयारी गरिनु पर्ने हुन्छ। लकडाउनकाे पूर्णपालन सवै नागरिकले गरिरहँदा नियमित निर्वाहमुखी कर्म अवरुद्ध भै भोलिका दिनमा बाच्नेले समेत थप सास्ती भोग्नुपर्ने अवस्था पनि आउन सक्छ। अनिश्चितकालिन लकडाउनका कारण वितरण गरिने राहत र निगाहमा दिइने सहयोगबाट जीवन निर्वाह निरन्तर चलाउन कठिन हुन्छ।
अनिश्चित समयको लकडाउन सरकारले घोषणा गरेकै मितिमा खुल्ने सम्भावनाहरु कमजोर हुदै गएका छन्। छिमेकी मुलूक भारतमा बढ्दै गएको (कोभिड-१९) महामारीको प्रभाव वारविहिन छिमेकीका लागि चुनौतीपूर्ण छ नैसाथमा रोटीबेटीको परम्परा देखिको नाता सम्वन्ध पनि अहिलेको परिस्थितिमा थप अर्को चुनौती बन्दै गएको छ।अतःनेपालमा कोभिड-१९ को हाल सम्मको प्रभाव र असरलाई यथास्थितिमा राख्ने रणनीतिका साथ नेपालको आफ्नो मौलिकपन,भूगोल,वस्तिसंरचना,जातिगत वसोवास आदिलाई मध्यनजर गरी कोभिड-१९ नफैलिने निश्चितता हुनसक्ने गांऊ वस्तीहरुमा जोडिएका ४।५ घरधुरीहरुको सहकार्यमा कृषिकार्यलाई निरन्तरता दिनु नै सान्दर्भिक हुने हुन्छ।ग्रामिण क्षेत्रका यसखाले वस्तीहरुमा यसै पनि सामुहिकता मै कतिपय गतिविधिहरु चलिरहेका हुन्छन्।
खानेपानीका धारा,कुवा,घाँस,दाउरा,मृत्यू संस्कार,जन्म उत्सव,देवी देवताको पूजा आदि कार्यमा राज्यका निर्देशित कानून भन्दा प्रथा परम्पराले नै बढि मान्यता पाइरहेका छन्। सरकारले २०७६ चैत्र ११ देखि लकडाउनको घोषणा गरे संगै ग्रामीण इलाकाहरुमा कोरना विरुद्द पूजापाठ र बोका वलि चढाउने क्रम वढेको पाईन्छ।यसर्थ हाम्रो वास्तविक धरातलका आधारमा शहर र गांउमा लकडाउनलाई स्थान विषेश र समय सान्दर्भिक बनाउन प्रादेशिक सरकारको स्वीकृतिमा स्थानीय तहलाई जिम्मेवार बनाइनु पर्छ। एक्लै बारीमा काम गर्दा संक्रमणको सम्भावना रहन्छ कि रहदैन? दुई जना संक्रमणरहित मिलेर बारीमा गहुँ काट्न मिल्ने कि नमिल्ने?बारीमा मकै छर्न मिल्ने कि नमिल्ने? यि र यस्तै अनुत्तरित प्रश्नहरु कोरना संक्रमणका कारक हुन वा होइनन् भन्ने विषय अनुत्तरित रहेका छन्।स्वाभाबिकरुपमा एक गाँउ देखि अर्को गाँउ,एक टोल देखि अर्को टोल, एक वडा देखि अर्को वडा,वीचको आवतजावत,सम्पर्क र सम्वन्धलाई निषेध गरिएको छ। यसको कार्यान्वयनमा स्थानीय तहका जनप्रतिनिधिहरुको उल्लेख्य भूमिका देखिएको छ। ४।५ जना भन्दा बढि मानिस भेला हुन पनि निषेध गरिएको छ। सामाजिक दूरी कायम राख्दै सामाजिक कर्महरु पनि अगाडि वढिरहेका छन्।
सुरक्षा संयन्त्रको निगरानी रहने गरी स्वास्थ्य परीक्षणवाट संक्रमणको जोखिम नदेखिएका समुदायका निश्चित सदस्यहरुकावीच साझेदारी सहकार्यमा कृषि लगायतका जिविकोपार्जन संग सम्वन्धित कार्यहरु गर्ने गराउने जिम्मा उच्च स्वास्थ्य सजगता र सतर्कता सहितको वातावरण मिलाउन स्थानीय तहलाई जिम्मेवारी बनाइनु पर्छ। ४।५ जनाको समूह सहकार्यमा नै विपन्न गरिव परिवारका सदस्यहरुलाई उनिहरुको सीप र रुचि अनुसारका कामहरु- विधालय मर्मत,घर रंगरोगन,वाटो मर्मत,कुलो मर्मत र स्थानीय आवश्यकतामा आधारित अन्य कार्यहरुमा संलग्न गराई राहत भन्दा ज्याला वितरण गर्ने उपाय अवलम्वन गरिनु स्वालम्वी,उत्पादनमुखी र रचनात्मक कार्य हुन सक्दछ।शहरी क्षेत्रमा उच्च स्वास्थ्य सजगता र सतर्कताअपनाउदै स्थानीय समुदायको संलग्नता रहने गरी शहरी क्षेत्रमा घर जान नपाई अलपत्र परेका कामदारहरुको विवरण तयार गरी स्वास्थ्य परीक्षण गर्ने र उनिहरुको रुचि ,क्षमता र सीप अनुसार ५।६ जनाको कार्य समूह निर्माण गरी शहरका बाटोमा रहेका विधुतका पोलहरु सार्ने,ढल मर्मत गर्ने,खानेपानीको मर्मत गर्ने,केवल तार मिलाउने,रंगरोगन गर्ने,सडक मर्मत गर्ने,विधालय कलेज मर्मत रंगरोगन गर्ने लगायतका थुप्रै पूर्वाधार सम्वन्धी झिना मसिना कामहरु टुक्रा टुक्रामा टोल टोलमा गराउने र कामदारलाई स्थानीय जनप्रतिनिधिको रोहवरमा दैनिक ज्याला वितरण गर्ने गराउंदा अनुत्पादकरुपमा दिइने राहत भन्दा ज्याला नै बढि उत्पादनमूलक हुने र लकडाउनको समयलाई अवसरमा परिणत गर्दै रचनात्मक र सृजनशिल कार्यहरु गराइ सुन्दर शहरमा रुपानन्तरण गर्न सकिने देखिन्छ।
गाँउ तथा शहरलाई कुरुप देखाउने झिना मसिना कार्यहरु लकडाउनको समयमा गराइ गाउं,शहरलाई सुन्दर देखाउन उच्च स्वास्थ्य सतर्कता कायम हुनेगरी कामको अनुगमनमा सम्वन्धित विषयगत निकायका १।१ जना प्राविधिक स्वास्थ्य सुरक्षा उपकरण सहित कार्यक्षेत्रमा खटाउदा गुणस्तरीय कार्यगराउन सकिने,स्थानीय जनप्रतिनिधीको रोहवरमा ५।६ जनाको कार्यसमूहलाईदैनिक दैनिक ज्याला वितरण गर्दा आर्थिक अनियमितताको संभावना पनि नरहने देखिन्छ। लकडाउनको समयमा घरमा हुने एक्लोपना रउकुसमुकुसको अवस्थावाट समेत मुक्तहुन सकिनेहुन्छ।यस किसिमले गाउं,शहर सौन्दर्यिकरणको अभियान थालनीको अवसरका रुपमा रहेको लकडाउन अवधिको भरपुर उपयोगका पूर्वशर्त भने कोभिड-१९ को संक्रमण नै देखिन्छ।यस तर्फ चनाखो र जिम्मेवार भै अगाडि बढ्दा लकडाउनलाई झिना मसिना पूर्बाधार सुधारको अवसरका रुपमा रुपानन्तरण गर्न सकिन्छ। जसरी हामीले लकडाउनको समयमा घर भित्र र घर वरिपरि सुधार गरेका छौं त्यसरी नै सम्भावित जोखिमबाट सजग र सचेत रहदै आ-आफ्नो गाऊ,टोल,वस्तीमा गर्न सकिने थुप्रै झिना मसिना कार्यहरु गर्न गराउन सकेमा लकडाउन पश्चातको गाउंशहर साच्चिकै सुन्दर देख्न र उपभोग गर्न पाइने अवसर र घर जान नपाई शहरहरुमा अलपत्र परेका नागरिकहरुलाई उचित व्यवस्थापन तथा वसोवास गर्न सहयोग पु-याउने राज्यको कर्तव्य पनि पुरा हुनेछ।
(लेखक महतारा नेपाल विद्युत प्राधिकरणका सह निर्देशक समेत हुन्)