News Portal

  • भक्तपुर नपाद्वारा कृषकलाई धानको बीऊ वितरण

    भक्तपुरपोष्ट संवाददाता१३ वैशाख २०७७
    १२०६ पटक
    १३ वैशाख २०७७

    भक्तपुुर । भक्तपुर नगरपालिकाले कृषक परिवारलाई धानको बीऊ वितरण गरेको छ ।

    नगरपालिकाले नगरका ५ हजार ९ सय ९ जना कृषक परिवारलाई शुक्रबार खुमल–११ ताइचीन जातको धानको बीउ वितरण गरेको हो ।

    विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले गरेको देशव्यापी लकडाउनलाई ध्यानमा राखी भक्तपुर नपाले नगरका सबै वडाहरुमार्फत विगतका बर्षहरुमा झैं प्रतिपरिवारलाई २ केजी ५०० ग्राम (१ पाथी) धान निःशुल्क वितरण गरेको हो ।

    भक्तपुर नगरपालिकाले वडा नं. १ मा ४६६, वडा नं. २ मा ८००, वडा नं. ३ मा ५५०, वडा नं. ४ मा ७३०, वडा नं. ५ मा ४३९, वडा नं. ६ मा ५७८, वडा नं. ७ मा ७००, वडा नं. ८ मा ५३८, वडा नं. ९ मा ७१६ र वडा नं. १० मा ३९२ परिवार गरी जम्मा ५,९०९ परिवारलाई खुमल–११ ताइचीन जातको धानको बीउ वितरण गरेको हो ।

    भक्तपुर नगरपालिकाका विभिन्न वडाहरुले स्थानीय स्वयम्सेवक परिचालन गरी वडा कार्यालय र घरदैलो गरी कृषक परिवारलाई धानको बीऊ वितरण गरेको हो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...