News Portal

  • प्रभावकारी बन्दै नगरपालिका द्वारा सञ्चालित भर्चुअल कक्षा

    इभक्तपुर संवाददाता२९ वैशाख, २०७७
    १२३३ पटक
    २९ वैशाख, २०७७

    भक्तपुर नगरपालिकाले सञ्चालन गर्दै आएको भर्चुअल कक्षा प्रभावकारी बन्दै गएको छ । लकडाउनलाई मध्यनजर गर्दै सञ्चालन गरेको सो कक्षाले नगरपालिकाका विद्यार्थीलाई मात्र नभई विभिन्न जिल्लाका विद्यार्थीहरुबाट सकारात्मक प्रतिक्रिया आएको नगरपालिकाले जनाएको छ । भर्चुअल कक्षा भादगाउँ टेलिभिजन तथा सामाजिक सञ्जालमार्पmत प्रसारित भइरहेको छ ।

    नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सामाजिक दुरी कायम गरी भर्चुअल कक्षा संचालन गर्ने शिक्षकहरुबीच सम्पन्न समीक्षा बैठकमा सहभागी शिक्षकहरुले विभिन्न जिल्लाबाट विद्यार्थीहरुले सम्पर्क गरी सल्लाह सुझाव तथा प्रश्नहरु सोध्ने गरेको जानकारी दिए ।
    बैठकमा नगर प्रमुख प्रजापतिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोग संक्रमणको जोखिमलाई मध्यनजर गरी नेपाल सरकारले सबै परीक्षाहरु स्थगित गर्दा परीक्षाको अन्तिम तयारीमा बसेका विद्यार्थीहरु निराश बनेको चर्चा गर्दै उनीहरुको शैक्षिक भविष्यप्रति नगरपालिका जिम्मेवार भई कक्षा संचालन गरेको स्पष्ट पारे ।

    नगर शिक्षा अधिकृत कृष्णप्रसाद कर्माचार्यले भर्चुअल कक्षा सञ्चालन गर्नाको अवधारणाबारे चर्चा गर्दै यसबाट देशभरिकै विद्यार्थीहरुलाई लाभ पुगेको प्रतिकृया आएको जनाए । बैठकमा बोल्दै शिक्षक ज्ञानसागर प्रजापतिले स्थानीय सरकारको अगुवाइमा भर्चुअल कक्षा सुरु गर्ने भक्तपुर नगरपालिका मात्र रहेको चर्चा गर्दै कक्षाले विद्यार्थीलाई मात्र नभई स्वयं शिक्षकहरुलाई समेत धेरै कुरा सिकाएको बताए ।
    अर्का शिक्षक महेन्द्रगोपाल कर्माचार्यले थोरै समयको तयारीमा सीमित स्रोत साधन र सीमित शैक्षिक जनशक्तिको उपयोग गरी नमूना कार्य गरेकोमा नगरपालिकालाई धन्यवाद दिए । उनले विद्यार्थीहरुको सिर्जनशीलतालाई ध्यानमा राखेर आधुनिक प्रविधिको प्रयोग गरी कक्षा संचालन गर्नुपर्नेमा जोड दिए । अर्का शिक्षक रोशनराज तुइतुईले नगरपालिकाबाट संचालित कक्षाको विश्वसनीयता बढेको बताए । उनले कक्षाहरुलाई नगरपालिकाको आधिकारिक फेसबुक पेज तथा युट्युव च्यानलमार्फत प्रशारण भए थप प्रभावकारी हुनेमा विश्वास व्यक्त गरे ।

    बैठकमा शिक्षक हरिप्रसाद ढकालले हाल एसइइ केन्द्रीत विद्यार्थीहरुलाई सञ्चालन गरिरहेको कक्षालाई थप परिस्कृत गरी १० कक्षाभन्दा माथि र तलका विद्यार्थीहरुलाई समेत यही विधिबाट कक्षा सञ्चालन गर्न सकिनेमा जोड दिए । शिक्षक कृष्णबहादुर प्रजापतिले कोरोना भाइरस रोगका कारण लामो समयसम्म विद्यालय सञ्चालन नहुने स्थिति सिर्जना भएमा विद्यालय तहका सबै विद्यार्थीहरुलाई लक्षित गरी वैकल्पिक शिक्षण विधि तयार गर्न सुझाव दिए ।

    बैठकमा शिक्षक गंगादत्त भट्ट, एनबी खाताखो, रत्नप्रसाद फैजू, बीजेन्द्रवीर कर्माचार्य, मंगलेश्वर ध्वजू, पुजा शाक्य, नविन्द्रलाल कर्माचार्यलगायतले विद्यार्थीहरुलाई आकर्षित गर्न प्रविधिको अधिकतम् प्रयोग गरी कक्षा सञ्चालन गर्नुपर्ने सुझाव दिए । उनीहरुले विद्यार्थीका लागि कक्षा बोझ नभई खेलको रुपमा मनोरञ्जन लिंदै सिकाउने विधि प्रयोग गर्न पाए थप प्रभावकारी हुने धारणा राखे ।

    नगरपालिकाले एसइइ परीक्षा दिने विद्यार्थीहरुलाई लक्षित गरी यही २०७७ वैशाख ३ गतेबाट भादगाउँ टेलिभिजनमार्फत प्रत्येक दिन साँझ ५ बजेदेखि ८ बजेसम्म भर्चुअल कक्षा शुरु गरेको थियो । अहिलेसम्म अंग्रेजी विषयको १० वटा, नेपाली विषयको ११ वटा र सामाजिक विषयको १४ वटा कक्षाहरु प्रशारण भएको नगर शिक्षा अधिकृत कर्माचार्यले जानकारी दिए । उनका अनुसार यस अवधिमा विज्ञान विषयको १३ वटा, गणित विषयको १३ वटा, स्वास्थ्य जनसंख्या तथा वातावरण विषयको २ वटा र लेखा विषयको १ वटा गरी जम्मा ६४ वटा कक्षाहरु प्रशारण भइसकेका छन् । विद्यार्थीहरुले टेलिभिजन बाहेक फेसबुक, युट्युवलगायतका सामाजिक सञ्जालहरुमार्फत आप्mनो अनुकूल समयमा ती कक्षाहरु हेर्न र पढ्न सकिने व्यवस्था गरिएको उनले जनाए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...