News Portal

  • संक्रमण भेटिएसँगै भक्तपुर प्रशासन एक्सनमा, त्रसित नभइ सुरक्षित रहन जिल्लावासीमा अनुरोध

    भक्तपुरपोष्ट संवाददाता३१ वैशाख २०७७
    ४४९८ पटक
    ३१ वैशाख २०७७

    भक्तपुर । मंगलवार दुईजनामा कोरानो संक्रमण भेटिएसँगै जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लावासीको स्वास्थ्य सुरक्षाका लागि क्रियाशिलता बढाएको छ ।

    मंगलवार एकजना सशस्त्र प्रहरी र एकजना नर्समा संक्रमण पृष्टि भएको थियो । त्यस लगत्तै संक्रमित भेटिएको दुई स्थान दुवाकोट–१ र मध्यपुर ठिमीका केही क्षेत्रलाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

    यस्तै, संक्रमितको परिवार र सम्पर्कमा आएकाहरुको स्वाव संकलन गरेर परिक्षणका लागि पठाइसकिएकोसमेत प्रजिअ पाण्डेले जानकारी दिइन् ।

    यस्तै संक्रमितको थप कन्ट्र्याक्ट ट्रेसिङको काम भइरहेको उनले जानकारी दिइन् । पहिलोचरणमा छिमेकि, परिवार र सम्पर्कमा आएकाहरुको स्वाव संकलन गरि परीक्षणका लागि पठाइसकिएको छ । बाँकी सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्दै स्वाव परीक्षण गर्ने काम भइरहेको उनले जानकारी दिइन् ।

    संक्रमित सशस्त्र प्रहरी एक महिना विदामा रहेको र रामेछाप घरमा पुगेर आएकाले कसरी संक्रमण भयो र कतिजना सम्पर्कमा आए भनेर छुट्याउन समय लागेको उनले जानकारी दिइन् । यस्तै, संक्रमित महिला पनि सुनसरीको झुम्काबाट ३ दिन अगाडि आएकीले उनको कन्ट्र्याक्ट ट्रेसिङका लागि पनि समय लाग्ने देखिएको उनले बताइन् ।

    प्रजिअ पाण्डेले भक्तपुर जिल्लालाई सुरक्षित बनाउन विभिन्न कदमहरु चालिएको जानकारी दिइन् । यसअघि वितरण गरिएका सम्पूर्ण सवारी पास रद्द गर्दै नयाँ वितरणलाईसमेत कडाइ गरिएको उनले जानकारी दिइन् ।

    भक्तपुर भित्रने नाकाहरुमा कडाइ गरिएको, सवारी चालकले पीपीइ, मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गरी साथमा दैनिक तापक्रम मापनसहितको विवरणको अभिलेख राख्नुपर्ने भएको छ । सवारी साधनलाई पनि डिसइन्फेक्सन नगरी भक्तपुरमा प्रवेश नदिइने प्रशासनकार्यालयले जनाएको छ ।

    कोरोनाबाट सुरक्षित रहन सबैभन्दा राम्रो उपाय घरभित्रै रहँनु भएको भन्दै प्रजिअ पाण्डेले त्रसित नभइ घरमै सुरक्षित भएर बस्न जिल्लावासीसँग अनुरोध गरिन् । यो समय आफैले आफूलाई सुरक्षित गर्ने समय हो– प्रजिअ पाण्डेले भनिन्– भौतिक दुरी कायम राख्दै घरमै सुरक्षित रहन सबैसँग आग्रह गर्छु ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...