News Portal

  • भक्तपुरमा एकसहित थप २७ जनामा कोरोना पृष्टि, संक्रमित ४०२ पुगे

    भक्तपुरपोष्ट संवाददाता६ जेष्ठ २०७७
    १५२५ पटक
    ६ जेष्ठ २०७७

    काठमाडौं । भक्तपुर जिल्ला सहित नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यका सहित थप २७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

    डा देवकोटाका अनुसार नयाँ संक्रमित २४ जना पुरुष र ३ जना महिला रहेका छन् । उनका अनुसार गत २४ घण्टामा २ हजार २ सय ८० वटा नमूना पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।

    डा देवकोटाका अनुसार झापामा ९, मोरङमा एकजना, सुनसरीमा एकजना, सर्लाहीमा दुईजना, काठमाडौंमा ३, भक्तपुरमा एकजना, मकवानपुरमा एकजना, रामेछापमा एकजना, ललितपुरको एकजना, सिन्धुलीको एकजना, लम्जुङ्गको एकजना, कपिलवस्तुका ४ जना र नवलपरासीमा एकजना गरी २७ जना संक्रमित थपिएका छन् । यस्तै हालसम्म ३२ हजार ६ सय ४ वटा नमूना पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

    प्रवक्ता डा देवकोटाका अनुसार देशभरका विभिन्न अस्पतालमा ४ सय ५७ जना आइसोलेनमा रहेका छन् ।

    आइसोलेनमा रहेका ४ सय ५७ जना मध्ये २ जना मृतक रहेको डा देवकोटाले जानकारी दिए । बाग्मती प्रदेश र प्रदेश ५ मा दुईजना मृतक आइसोलेसनमा रहेकाके डा देवकोटाले बताए ।

    यस्तै देशभर २१ हजार ६ सय जना देशभरका क्वारेन्टाइनमा रहेका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४ सय २ पुगेको छ । जसमध्ये ३ सय ४० जना र महिला ६२ जना रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    प्रेस चौतारी भक्तपुरमा आशिषको अध्यक्षतामा नयाँ नेतृत्व

    सत्तारुढ दल नेकपा (एमाले)निकट पत्रकार संगठन प्रेस चौतारी नेपालले भक्तपुर जिल्ला शाखामा नयाँ नेतृत्व निर्वाचित...

    कटुन्जे हेल्थपोष्टलाई ईसिजी मेसिन हस्तान्तरण

    सूर्यविनायक-५ को कटुन्जे हेल्थपोष्टलाई सल्लाघारीस्थित पारिजात बचत तथा ऋण सहकारी संस्थाले ईसिजी मेसिन दिएको छ...

    बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुरमा

    बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुर आइपुगेकी छन् । बुधबार बिहान उनी भक्तपुर आइपुगेकी हुन्...

    सिटिइभिटीको उपाध्यक्षमा प्राडाकै योग्यता अपुग, नियुक्ति बदर

    भक्तपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) का उपाध्यक्ष प्राडा ओमप्रसाद बरालको नियुक्ति...

    भक्तपुरका दुई पाङ्ग्रे सवारी चालकलाई दुई मिनेट पढाउँदै ट्राफिक प्रहरी

    दुई पाङ्ग्रे सवारी चालकलाई ट्राफिक प्रहरीले पढाउन थालेको छ । आइतबारबाट ट्राफिक प्रहरीले बाटोमै रोकेर...