News Portal

  • दुवाकोटमा बिस्तार गरिने वीर अस्पताल र सूर्यविनायक धुलिखेल सडकका लागि बजेट बिनियोजन

    १६१९ पटक

    सरकारले सूर्यविनायक धुलिखेल सडक विस्तारका लागि बजेट बिनियोजन गरेको छ । हेटौडा काठमाडौ जोड्ने कान्तिराजपथ बिस्तार संगै सरकारले सूर्यविनायक धुलिखेल सडक विस्तारका लागि बजेट बिनियोजन गरेको हो ।

    संसदमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यी सडक विस्तारका लागि १ अर्व २० करोड छुट्याइएको बताए ।

    उनले भक्तपुरको दुवाकोटमा बिस्तार गरिने बीर अस्पतालको पूर्वाधार बिकाशका लागि पनि बजेट बिनियोजन गरेको बताएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाकाे याे तेस्राे बजेट भाषण हाे । यस पटक उनले स्वास्थ क्षेत्रको पूर्वाधार विकाशमा जोड दिएर बजेट प्रस्तुत गरिरहेका छन् ।

    अर्थमन्त्री डा.खतिवडाले बिहीबार संघीय संसदको दुवै सदनमा कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट पेश गरेका छन् ।उनले चालु आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याएका थिए । यसको तुलनामा आगामी आर्थिक वर्षको बजेट रकम केहि घटेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...