News Portal

  • शिक्षा क्षेत्रलाई १ खर्ब ७२ करोड बजेट, ६ हजार शिक्षण स्वयंसेवक नियुक्ति गरिने

    भक्तपुरपोष्ट संवाददाता१५ जेष्ठ २०७७
    १०६८ पटक
    १५ जेष्ठ २०७७


    काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि एक खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन गरेको छ । गत वर्षको भन्दा ८ अर्ब बढी हो । चालु आर्थिक वर्षका लागि शिक्षामा १ खर्ब ६३ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो ।

    संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७–०७८को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले यसबारे जानकारी दिएका हुन् ।

    आगामी शिक्षा बजेटमा दिवा खाजामा ७ अर्ब ५२ करोड, छात्रवृत्तिमा २ अर्ब ७० करोड, निशुल्क स्यानिटरी प्याडमा १ अर्ब ८२ करोड, शिक्षण स्वयसेवकका लागि २ अर्ब २३ र राष्ट्रपति शैक्षिक कार्यक्रमका लागि ६ अर्ब विनियोजन गरिएको छ । यस्तै, निःशुल्क पाठ्यपुस्तककालागि २ अर्ब ७६ करोड, विश्वविद्यालय अनुदान अयोगमार्फत् दिइने अनुदानका लागि १७ अर्ब ४३ करोड बजेट विनियोजन गरिएको छ ।

    सरकारले यसवर्ष थप ६ हजार स्वयंसेवक शिक्षकका लागि २ अर्ब २३ करोड बजेट विनियोजन गरेपनि इसिडि शिक्षक र विद्यालय कर्मचारीको सुविधाका लागि बजेट विनियोजन गरेको छैन ।

    यस्तै, राहत, करार, साविक उमावि शिक्षकलगायतका दरबन्दी सिर्जना र स्थायी प्रक्रियाबारे पनि बजेट मौन छ । यी शिक्षक कर्मचारीको माग पुरा गर्ने विषयमा कतिपय सम्झौता भएका थिए भने शिक्षक महासंघले शिक्षा मनत्रालयलाई मागपत्र नै बुझाएको थियो ।

    साथमा एकीकृत अखिल नेपाल शिक्षक संगठनलेसमेत ७७ जिल्लाका सांसदमार्फत यि विषयलाई बजेट मार्फत् सम्बोधन गर्न दबाब दिएको थियो । तर, यी कुनैपनि शिक्षकका माग बजेटमा परेनन् ।

    सरकानरले सार्वजनिक गरेको बजेटमा कोभिड–१९ का कारण पठनपाठनमा भएको अवरोधलाई दृष्टिगत गरी भर्चुअल कक्षा सञ्चालन, अनलाइन शिक्षा, टेलिभिजन तथा रेडियोमार्फत नयाँ शैक्षिक क्षेत्रको पठनपाठन अगाडि बढाउने तयारी उल्लेख छ ।

    संक्रमण जोखिमका कारण विद्यार्थीमा परेको मनोसामाजिक असर निवारण गर्न सकारात्मक सोचसहित सिर्जनशीलता विकासका क्रियाकलाप सञ्चालन गरिने खतिवडाले जानकारी दिए ।

    सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्न सबै जिल्लामा दिवाखाजा कार्यक्रा लागु गरिने भएको छ । हाल ४३ जिल्लामा लागु यस कार्यक्रमलाई देशभर लागु गरिने बजेटमा उल्लेख छ ।

    अर्थमन्त्री खतिवडाले देशभरका कक्षा ५ सम्मका विद्यार्थीहरुलाई दिवा खाजाका लागि ७ अर्ब ५२ करोड विनियोजन गरिएको बताए । यसबाट २८ लाख बालबालिका लाभान्वित हुने मन्त्री खतिवडाले बताए ।

    यस्तै, आगामी वर्ष २६ लाख विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न २ अर्ब ७० करोड विनियोजन गरिएको उनले बताए । साक्षर हुन बाँकी २४ जिल्लामा साक्षर अभियान सञ्चालन गरेर साक्षर नेपाल घोषणा गरिने बताए ।

    यस्तै, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा सरकारले ६ अर्ब विनियोजन गरेको छ ।

    यस्तै आगामी आर्थिक वर्षमा सरकारले १ हजार ८ सय विद्यालय भवन र ३८ आंगिक क्याम्पस भवनको पुर्निर्माण गर्ने सरकारको तयारी छ । २ हजार ५२० कक्षाकोठा, १–१ हजारको संख्याको विज्ञान प्रयोगशाला, पुस्ताकलय र कम्प्युटर ल्याब स्थापना गरिने बजेटमा उल्लेख छ ।

    १३ लाख ४० हजार छात्रालाई स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउन स्थानीय तहलाई सशर्त अनुदान दिने अर्थमन्त्री खतिवडाले बताए । यसका लागि १ अर्ब ८२ करोड विनियोजन गरिएको उनले बताए ।

    यस्तै, गणित विज्ञान जस्ता विषयका लागि थप स्वंसेवक शिक्षक राख्नका लागि २ अर्ब २३ करोड विनियोजन गरिएको छ । सरकारले मातृ भाषामा पढाइ हुने मदरसा,गुरुकुल गुम्बा लगायतका शैक्षिक संस्थाहरुलाई आधुनिक शिक्षाको मूलधारमा लगिने छ ।

    निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन सरकारले २ अर्ब ७६ करोड बजेट विनियोजन गरेको छ। विश्वविद्यालय अनुदान अयोगमार्फत् दिइने अनुदानका लागि १७ अर्ब ४३ करोड बजेट विनियोजन गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...