News Portal

  • भक्तपुर निवासी पूर्वडिएसपी खिउजू जेल चलान

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, १६ जेठ
    २६२३ पटक
    भक्तपुर, १६ जेठ

    भक्तपुर निवासी नेपाल प्रहरीका पूर्वडिएसपी राजकुमार खिउजू पुर्पक्षका लागि जेल चलान भएका छन् । जवर्जस्ती करणीको आरोप लागेका खिउजू पुर्पक्षका लागि जेल चलान भएका हुन् ।

    जवर्जस्ती करणीको आरोपमा खिउजू गत फागुन २१ गते भक्तपुरबाट प्रकाउ परेका थिए । उनीमाथि ललितपुर ठुलादुर्लुङकी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा मुद्दा सुनुवाई पछि ललितपुर जिल्ला न्यायाधीश चुडामणि खड्काको एकल इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।

    खिउजूले महानगरीय प्रहरी वृत्त, चापागाउँको प्रमुख रहँदा एक सेवाग्राही युवतीलाई पटकपटक यौनहिंसा गरेको ती युवतीले आरोप लगाउँदै महानगरीय प्रहरी परिसर ललितपुरमा गत माघ २३ गते किटानी जाहेरी दर्ता गरेकी थिइन् ।

    महानगरीय प्रहरी वृत्त, चापागाउँमा प्रहरी प्रमुख रहेका बेला खिउजूले आफूमाथि पटकपटक यौनहिंसा गरेको आरोप लगाउँदै पिडित भनिएकी युवतीले किटानी जाहेरी दर्ता गराएकी हुन् ।

    सुरक्षा गार्डको जागिर खान पुलिस रिपोर्ट बनाउन पुगेकी चापागाउँ डेरा गरी बस्ने ती युवतीलाई खिउजुले आफ्नै कार्यकक्षमा जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख गरिएको छ । खिउजूले भने आफू निर्दोष रहेको जिकिर गर्दै आएका छन् । मुद्दाको अन्तिम फैसला भने हुन बाँकी नै छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...