News Portal

  • भक्तपुर कोरोना मुक्त : भेलुखेलका संक्रमित पनि भए सन्चाे

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, १७ जेठ
    २७७४ पटक
    भक्तपुर, १७ जेठ

    भक्तपुरका चारैजना संक्रमितले कोरोना भाइरस (कोभिड १९) माथि विजय प्राप्त गरेपछि भक्तपुर कोरोनामुक्त भएको छ । शनिवार दिउँसो भक्तपुरका एक ४२ वर्षीय पुरुष अस्पतालबाट डिस्चार्ज भएसंगै भक्तपुरमा संक्रमितको संख्या शून्य भएको हो ।

    बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड १९ विशेष अस्पतालमा १२ दिन अघि भर्ना भएका भेलुखेल घर भै काठमाडौं महानगरपालिकाका सफाई कर्मचारी रहेका एक ४२ वर्षीय पुरुष शनिवार सन्चो भएपछि डिस्चार्ज भएका हुन् । उनी भक्तपुरका तेस्रो संक्रमित पुष्टि भएका थिए । संक्रमण पुष्टि भएपछि उनी सशस्त्रको कोरोना विशेष अस्पतालमा भर्ना भै उपचाररत् थिए ।

    अस्पताल श्रोतका अनुसार भक्तपुरका तेस्रो संक्रमित यी पुरुषसंगै ११ जना संक्रमितहरु पनि सन्चो भै शनिवार घर फर्किएका छन् । आज डिस्चार्ज हुनेमा ललितपुर र काठमाडौंका कोरोना बिजेताहरु रहेका छन् ।

    भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले ४ संक्रमित फेला परेपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिंग गरी सम्भाव्य संक्रमितको कोरोना परीक्षण गरीएको जानकारी गराउंदै उनीहरुको सम्पर्कमा आएका सबैको कोरोना नेगेटिभ रहेको बताइन ।” भक्तपुरका सबै संक्रमित सन्चो हुनुभएको छ र उहाँहरुको सम्पर्कमा रहेका आफन्त र छिमेकी लगायत समुदायमा पनि संक्रमण देखिएको छैन । यो हाम्रो लागि सुखद समाचार हो ।” प्रजिअ पाण्डेले भक्तपुरपोस्ट संग भनिन् ।

    यस अघि भक्तपुर नगरपालिका वडा नम्बर ९ की ४२ वर्षीया महिला जनप्रतिनिधिले सबैभन्दा कम समयमा कोरोनालाई जितेर विहीवार डिस्चार्ज भएकी थिइन् । उनले संक्रमित पुष्टि भएको एक साता नहुँदै कोरोना मुक्त भएर रेकर्ड नै बनाएकी छन् । उनी भक्तपुरकी चौथो संक्रमित थिइन् । पहिलो संक्रमित पुष्टि भएकी ठिमी बस्ने एक नर्स र दोस्रो संक्रमित दुवाकोटका एक प्रहरी जवानले यस अघि नै कोरोनामथि विजय प्राप्त गरिसकेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...