भक्तपुर । भक्तपुरमा शनिवार थपिएकी कोरोना संक्रमित सुत्केरी महिला भएको खुलेको छ । भक्तपुर कमल विनायकमा डेरा गरी बस्ने ३० वर्षिया सुत्केरी महिलामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको हो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संक्रमित महिला सुत्केरी भएको पुष्टि गरे । कमल विनायकमा डेरा गरी बस्ने उनको मध्यपुर अस्पतालमा जेठ २१ गते सिजरिङ डेलिभरी गरिएको थियो । उनी हाल कोटेश्वरमा आफन्तसँगै बस्दै आएकी छन् ।