News Portal

  • गण्डकी प्रदेशले ल्यायो ३४ अर्ब ८४ करोडको बजेट (पूर्णपाठ)

    भक्तपुरपोस्ट संवाददाता२ असार २०७७
    ७२३ पटक
    २ असार २०७७

    पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । यो चालू आर्थिक वर्षको भन्दा २ अर्ब ७० करोड ७३ लाख ६८ हजार बढी हो ।

    आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेशसभामा बजेट सार्वजनिक गर्दै चालूतर्फ १४ अर्ब ३४ करोड ५६ लाख ८४ हजार (४१.२ प्रतिशत्) र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार (५७.४) प्रतिशत बजेट विनियोजन गरेका छन् ।

    प्रदेश सरकारले पहिलोपटक वित्तीय व्यवस्थापनतर्फ ५० करोड (१.४ प्रतिशत) बजेट विनियोजन गरेको छ ।

    बजेटको स्रोतमा नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ११ करोड २६ लाख, सशर्त अनुदान ४ अर्ब २० करोड ८४ लाख, समपूरक अनुदान १ अर्ब ५७ करोड ३७ लाख , रोयल्टीबाट ३० करोड, आन्तरिक राजस्वबाट ४ अर्ब ६० करोड ८५ लाख ६० हजार राखिएको छ ।

    बजेटको पूर्णपाठः

    प्रतिकृया दिनुहोस्

    स्पीच कम्पिटिसन आयोजना गर्दै लियो क्लब अफ काठमाडौं सौहार्द

    काठमाडौं, १ माघ,  २०८१ । लियो क्लब अफ काठमाडौं सौहार्दले ‘आवाज मञ्च’ नामक स्पीच कम्पिटिसन...

    उपभोक्ता हित नहेर्ने भाट्भटेनी स्टोर्सलाई जरिवाना

    ललितपुर, । संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले चापागाउँदोबाटोस्थित भाटभटेनीलाई दस हजार जरिवाना गरेको छ।...

    अक्सफोर्ड प्राक्टिकल स्कूलको विन्टर क्याम्प सम्पन्न

    अक्सफोर्ड प्राक्टिकल स्कूलले निकै प्रतिक्षित विन्टर क्याम्प २०८१ पुस २६ र २७ गते बन जंगल...

    सानोठिमी क्याम्पस प्रमुखमा उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठ नियुक्त

    सानोठिमी क्याम्पसका उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठले क्याम्पस प्रमुखको जिम्मेवारी पाएका छन् । देशभर दुई...

    भक्तपुर प्याब्सनमा कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति, दुई पदमा भयो मतदान

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को भक्तपुर जिल्ला कार्यसमितिले नयाँ नेतृत्व पाएको छ ।...